coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नवलपरासीमा बाघको गणना शुरु

नवलपरासी – नवलपरासी पूर्वका सामुदायिक वनमा बाघ गणनाको काम अघि बढाइएको छ । क्यामेरा ट्रयापिङ प्रविधिको माध्यमबाट सामुदायिक वनमा रहेका बाघको गणनाका लागि काम अघि बढाइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, हरियो वन, ताललगायतका संघसंस्थाको सहकार्यमा संयुक्तरुपमा बाघको गणनाका लागि कार्य शुरु गरिएको छ । 

नवलपरासीको गैंडाकोटमा रहेको थुम्सी, कावासोतीको पिठौली, मध्यबिन्दुको तमासपुर र चोरमारा, विनयीत्रिवेणीको दुम्कीवासमा गरी पाँच स्थानमा प्राविधिक टोली क्यामेरा ट्रयापिङका लागि खटिएका छन् । 

प्राविधिकसहितको टोलीले क्यामेरा ट्रयापिङमार्फत गणनाको कार्य अघि बढाइएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य होमनाथ पाण्डेले जानकारी दिए । 

निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनका ७० ठाउँमा गरी कम्तीमा ७० वटा क्यामेरा जडान कार्य अघि बढाइएको राष्ट्रिय वन्यजन्तु संरक्षण कोष सौराहा चितवनका जैविक विविधता संरक्षण केन्द्रका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले बताए । 

नवलपरासीका निकुञ्ज आसपास र मध्यवर्ती क्षेत्रसँगै सामुदायिक वनमा पनि बाघको गणना एकैसाथ गरिने छ । नवलपरासीको सामुदायिक वनमा गत वर्ष बाघको आक्रमणबाट सात जनाले ज्यान गुमाएका थिए भने केही मानिस घाइतेसमेत भएका थिए । 

सामुदायिक वनमा बाघको वासस्थान नै छ या अन्यत्रबाट आउने गरेका छन् भन्ने पत्ता लगाएर सम्भावित घटनाबाट बच्नका लागि सामुदायिक वनमा बाघको गणना गर्न लागिएको सामुदायिक वन महासंघ नवलपरासीका सचिवालय सदस्य पाण्डेले जानकारी दिए ।
(रासस)

प्रकाशित: २९ पुस २०७४ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App