६ वैशाख २०८१ बिहीबार
समाज

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

जाजरकोट – जाजरकोटको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा डाक्टरसहितको औषधि टोली पुगेको छ । 

पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र अन्य डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । टोलीले जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ । 

भाइरल प्रभावित क्षेत्रमा आठ क्विन्टल औषधिसमेत लगिएको छ । जाजरकोटबाट काठमाडौँ ल्याएर राष्ट्रिय प्रयोगशालामा बिरामीको नमूना जाँच गर्दा मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । जाजरकोटमा अहिलेसम्म भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुगिसकेको छ ।  (रासस)

प्रकाशित: २९ पुस २०७४ ०६:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App