४ वैशाख २०८१ मंगलबार
समाज

कर्णालीमा निशुल्क पाठेघर अप्रेशन

कर्णाली अस्पतालमा उपचार गराउदै महिला

जुम्ला – कर्णालीमा पछिल्लो समय पाठेघर खस्ने समस्या भएका महिलाहरुको निशुल्क अप्रेशन हुन थालेको छ। सामान्य रोगको संक्रमण हुँदा सुर्खेत र नेपालगंजका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जानुको विकल्प नरहेका स्थानीयलाई अब केहि राहत मिलेको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्षेत्रिय स्वास्थ्य निर्देशनालय सुर्खेतको  समझदारीमा पाठेघर खस्ने समस्या भएका महिलाहरुको चेकजाच र अप्रेशन निशुल्क गर्न थालेको हो। 

कर्णाली अस्पतालमै निशुल्क उपचार गर्न पाउने खवरले गाउँका महिलाहरु हर्षित बनेका छन। कर्णालीका पाँच वटा जिल्ला र छिमेकी जाजरकोटको लागि निशुल्क उपचार गर्ने सम्झौता भईसकेको अस्पतालका निर्देशक धर्मराज गोसाईले जानकारी दिए। गोसाईले भने 'अब कर्णालीका महिलाले पाठेघर खस्ने समस्याका कारण अकालमा मृत्यु पर्खनु पर्ने छैन र पाठेघरको अप्रेशनका लागि महंगो रकम तिर्नु पनि पर्दैन।'

 जुम्लामा निशुल्क पाठेघर खस्ने समस्य भएका महिलाको उपचार र अप्रेशन कार्य शुरु भईसकेको छ। हाल सम्म दर्जन बढि महिलाले उपचार गराईसकेको अस्पतालले जनाएको छ। असार मसान्तसम्म जिल्लाका सबैै पाठेघरको संक्रमण भएका विरामी महिलालाई उपचारका लागि आउन सुचित गरिसकिएको छ। अस्पताल निर्देशक गोसाईले भने,'यातायात खर्च सहित खान खर्च समेत उपलव्ध हुने छ।'

पाठेघर अप्रेशनका लागि शिक्षण अस्पतालको टोली जुम्ला सहित ५ वटै जिल्ला अस्पतालमा पुग्ने भएको छ। प्रत्येक जिल्लाका स्वास्थ्य कार्यालयलाई पाठेघर उपचारबारे जानकारी गराईसकेको निर्देशक गोसाई बताउँछन। उनले भने, 'कार्यतालिका बनाएर सम्वन्धीत स्वास्थ्य कार्यालयमा पठाईसकेका छौ, जिल्ला अस्पतालले रोगको पहिचान गर्छ, विशेषज्ञ टोली गएर निशुल्क उपचार गर्छ। जुम्लाबाट गएको टिमले औषधी र उपचार सामाग्री सवै बोकेर लैजान्छ। '

कर्णालीमा पाठेघर समस्य भएका महिलाको संख्या बढ्दो क्रममा छ । निर्देशक गोसाई भन्छन, 'सानै उमेरमा विवाह गरेर वच्चा जन्माउनु,गह्रुंगो भारी बोक्नु–बोकाउनु,बच्चा अवस्थामा धेरै काम गर्नु र स्वास्थ्यको उचित ख्याल नहुनु जस्ता कार्यले पाठेघर खस्ने समस्याले ग्रसित महिलाको संख्या निकै बढि छ।'

पाठेघर खस्ने समस्या भएका महिलाको शारीरिक र मानसिक दुवै समस्य देखिन पुग्छ । यो बर्ष न्युनतम १ सय जना महिलाको पाठेघर खस्ने रोगको सफल शल्यक्रिया गर्ने तयारी भईरहेको छ।  एउटा महिलाको पाठयघरको अप्रेशनका लागि न्युनतम १५ देखि २० हजार रुपैयाँ सम्म खर्च हुने गरेको छ। 

 

प्रकाशित: २९ पुस २०७४ ०९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App