४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

महाराष्ट्रमा ४० विद्यार्थी बोकेको डुङ्गा दुर्घटना, चारको मृत्यु

महाराष्ट्र –  महाराष्ट्रको दाहनुबाट करिब तीन किलोमिटर टाढा शनिबार ४० विद्यार्थी यात्रारत एउटा डुङ्गा दुर्घटनाग्रस्त भएको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन्।

उनले बिहान भारबहन क्षमताभन्दा बढी यात्रु लिएर हिँडिरहेको डुङ्गा समुद्रमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको र ३२ जनालाई सकुशल उद्धार गरिएको बताए।

प्रारम्भिक अनुसन्धानबाट डुङ्गाले भारबहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गरिरहेको अवस्थामा उक्त दुःखद घटना भएको अनुमान लगाइए पनि घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको उनले बताए।

अझै केही विद्यार्थी समुद्रमा फसेको आशङ्कामा उद्धार जारी रहेको सामुद्रिक सुरक्षा गार्डले बताएका छन्। दाहनु भारतीय र मुम्बई शहरबाट ११० किलोमिटरको दूरीमा अवस्थित छ।

उद्धारका लागि दामनबाट हेलिकोप्टर तथा मुम्बईलगायतका क्षेत्रबाट तालीमप्राप्त समूहसहित डुङ्गालाई घटनास्थल वरपर तैनाथ गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रकाशित: २९ पुस २०७४ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App