१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

ब्याक भयो ‘पिंजडा ब्याक अगेन’

काठमाडौं– माघ चारबाट प्रदर्शनमा आउने घोषणा भएको निखिल उप्रेती अभिनित फिल्म ‘पिंजडा ब्याक अगेन’को रिलिज मिति परिवर्तन भएको छ । अब माघ चारमा मात्र यो फिल्म उपत्यकाबाहिर मात्रै प्रदर्शन हुनेछ । काठमाडौं उपत्यकामा माघ पाँच गतेबाट फिल्म हलमा लाग्नेछ।

यसअघि चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा अवसर दिने निर्णयसहित अघि ल्याएको मुद्दालाई आत्मसात गर्दै ‘पिंजडा ब्याक अगेन’ राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुने भएको हो।

माघ चार गते बिहीबार परेको सोनाम ल्होसारको बिदाका दिन फिल्म रिलिजको घोषणा निर्माण टिमले गरेको थियो । त्यसो त यसअघि पनि बिदा पर्दै गर्दा बिहीबार नै फिल्म हलमा लाग्दै आएका छन् । यो कुरा मुख्यतः मोफसलका हलमा मात्रै लाग्दै आएको छ । निर्देशक हिमाल केसीले वितरण कम्पनीसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमति भएको बताए।

श्रीराम बरालको प्रस्तुतिमा तयार भएको फिल्ममा गोविन्द गैरे र रोहित पुरी निर्माता छन्। फिल्मलाई राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ। निखिलसँगै फिल्ममा सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, पुकार भट्टराई, सुस्मिता केसी लगायत लिड रोलमा छन्।

प्रकाशित: ३० पुस २०७४ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App