coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

खप्तड गोल्डकपमा एपीएफ र सुदूरपश्चिम–११ भिड्दै

कैलाली – कैलालीको धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे पछी सुरु हुनेछ । क्वाटरफाइनल खेलमा संकटा क्लबलाई २–० ले हराउँदै एपीएफ र च्यासल युथ क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउदै सुदूरपश्चिम–११ ले  सेमिफाइनलमा स्थान पक्का गरेका थिए । 

दुवै टोलीमा उत्कृष्ट  प्रदर्शन गर्ने खेलाडी रहेकाले आजको खेल निकै प्रतिस्पर्धी र रोमाञ्चक हुने छ ।  

आजको खेलमा विजयी हुने टोलीले फाइनलमा त्रिभुवन आर्मीको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लवलाई ३–१ गोलअन्तरले पराजित गर्दै आर्मीले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल सोमबार हुनेछ ।

१२ ओटा टिमको सहभागिता रहेकोे प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

प्रकाशित: ३० पुस २०७४ ०६:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App