coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

काठमाडौं-  नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

‘वाम गठवन्धनको अवस्था कस्तो छ भन्नेबारे प्रदेश अनुसार छलफल भएको छ’, पुनले भने, ‘थप टुंगोमा पुग्न माघ ३ गते बैठक बस्दै छौं।’

मुख्यमन्त्री एमालेको भए सभामुख माओवादीको र माओवादीको मुख्यमन्त्री भएको स्थानमा एमालेको सभामुख हुने गरी कार्यदलले छलफल गरेको हो। प्रदेश सभामुख र उपसभामुखमा पनि यस्तै नीति अपनाउनु पर्ने नेताहरुले प्रस्ताव गरेका छन्।

प्रदेश सरकारको बारेमा पनि बैठकमा कार्यदलले छलफल अघि बढाएको छ। प्रदेश सरकार र पद वाँडफाँटको बारेमा प्रारम्भिक छलफल भएको पुनले बताए। मुख्यमन्त्री एक पार्टीको भएको प्रदेशमा अर्को पार्टीको सभामुख हुने गरी कार्यदलमा छलफल भएको छ। यस्तै उपसभामुखमा पनि पार्टी नदोहोराउने गरी छलफल अघि बढेको छ।

मुख्यमन्त्री एमालेको भए सभामुख माओवादीको र माओवादीको मुख्यमन्त्री भएको स्थानमा एमालेको सभामुख हुने गरी कार्यदलले छलफल गरेको हो। प्रदेश सभामुख र उपसभामुखमा पनि यस्तै नीति अपनाउनु पर्ने नेताहरुले प्रस्ताव गरेका छन्।

प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा वाम गठवन्धनको बहुमत रहेको छ। राष्ट्रिय सभाको निर्वाचन माघ २४ गतेलाई तोकिएको छ। राष्ट्रिय सभामा मतका आधारमा सिट वाँडफाँट गर्नेगरी कार्यदलमा छलफल भएको छ।

राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि पार्टी एकता संयोजन समितिले ६ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले संयोजन समितिलाई राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनबारे सुझाव पेश गर्ने छ। कार्यदलमा एमालेबाट सुवाष नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे छन् भने माओवादीबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव सदस्य छन्।

 

प्रकाशित: ३० पुस २०७४ १३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App