७ वैशाख २०८१ शुक्रबार
राजनीति

फागुन दोस्रो साता सरकार गठन हुन्छः खनाल

तस्वीर - किसान संगीत

लमजुङ- नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनको दोस्रो साता सरकार गठन हुने बताएका छन् ।देशभरका घले जाति सदरमुकाम बेंसीसहरमा भेला भएर मनाएको लिःल(घले) ल्होसरको उद्घाटन गर्दै उनले सो अभिव्यक्ति दिएका हुन् ।

सरकार गठनमा ढिलाइ भएको तर त्यो प्राविधिक विषयमा बोल्नु आवश्यक नरहेको बताउँदै आगमी सरकारले मुख्यतः पाँचवटा कार्यभारलाई प्राथमिकताका साथ अघि बढाउने बताए । ‘फागुनमा नयाँ सरकार बन्छ, त्यो बाम सरकार बन्नेछ र एकीकृत पार्टीकै सरकार बन्छ,’ जिल्लावासीलाई सम्बोधन गर्दै खनालले भने, ‘वाम शक्तिको एकीकरणको सम्बन्धमा शंका नगर्नुस्, संयुक्त पार्टीकै सरकारले यो मुलुकलाई अघि बढाउनेछ ।’
लोकतन्त्रलाई संस्थागत गर्दै सुदृढ बनाउने र जनजनमा लोकतन्त्रको अनुभूति गराउने पहिलो कार्यभार हुने उनको भनाइ थियो ।

दोस्रोमा देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकतालाई सुदृढ बनाउने र सिमानामा रहेका समस्या समाधान तथा असमान सन्धीमा पुनर्मूल्यांकन गर्ने रहेको नेता खनालले बताए । कृषिमा आधुनिकीकरण, जलस्रोतको उपयोग गर्दै जलविद्युतको उत्पादन बढाउने, पर्यटन विकासमा ठोस योजना बनाएर आर्थिक कायपलट गर्ने, गरिबी, निरक्षरता, बेरोजगारी, रोगव्याधको उन्मूलन गर्ने चौंथो कार्यभार रहेको उनको भनाइ छ ।

विश्वसँग जोडिएका वाह्य सम्बन्ध सुमधुर बनाउँदै स्वतन्त्रता, सार्वभौमिकता, राष्ट्रिय अखण्डताका लागि सरकार लाग्ने जस्ता कार्यभार सरकारसँग रहने नेता खनालले बताए ।
देशका विभिन्न जिल्लामा छरिएर रहेका जनजातिअन्र्तगतका घले जातिले यसवर्षको  लिःल अर्थात् घले ल्होसर लमजुङमा भेला भएर सामुहिक रूपमा मनाएका छन् ।

 

 

प्रकाशित: २ माघ २०७४ ०१:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App