coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमानस्थलमा आक्रमण हुँदा २० को मृत्यु

 ट्रिपोली – लिबियाको एक मात्रै अन्र्तर्राष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ। 

आक्रमणमा ६ विमानमा क्षति पुगेको छ । लिबियाका स्वास्थ्यमन्त्रीले दुर्घटनाबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्  ।

उक्त आक्रमण इस्लामिक स्टेटले गराएको सरकारले दाबी गरेको छ । इस्लामिक स्टेकका लडाकूहरूले जेलमा रहेका आफ्ना समर्थकहरूलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै विमानस्थलमा आक्रमण गरेपश्चात् सरकार तथा लडाकूबीच दोहोरो भिडन्त भएको थियो ।

 विमानस्थलमा भएको उक्त आक्रमण पश्चात् सरकारले विमानस्थल  खाली बनाउनका लागि निर्देशन दिएको छ  ।घटनाबारे अनुसन्धान जारी नै रहेको लिबियाली प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरूको यकिन विवरण आउन बाँकी नै रहेको छ ।  

 

प्रकाशित: २ माघ २०७४ ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App