coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

साउथ एसिया ट्राभल अवार्ड भारतमा

काठमाडौं- दक्षिण एसियाको पर्यटकीय होटललाई व्यवस्थित र सशक्त बनाउने उद्देश्यका साथ साउथ एसिया ट्राभल अवार्ड (साटा) तेस्रो संस्करण भारतमा हुने भएको छ। साटा कमिटी माल्दिभ्सले सोमबार साटा अवार्ड २०१८ भारतमा हुने घोषणा गरेको हो।

अवार्डका लागि दक्षिण एसियाका पर्यटनसम्बद्ध ट्रेकिङ एजेन्सी, ट्राभल, रिसोर्ट, साना र स्टार होटल, सफारी, ¥याफ्टिङले सोमबारबाट आवेदन भर्न सक्ने आयोजकले जनाएको छ । 

आयोजक कमिटीका संयोजक स्माइल हम्मिदका अनुसार सन् २०१६ को यो कार्यक्रम श्रीलंकामा भएको थियो । गत वर्ष माल्दिभसमा आयाजना भएको थियो । ‘यस वर्ष भारतमा हुँदैछ । साटा अर्वाडले दक्षिण एसियाका पर्यटनकर्मी र उद्यमीलाई आफ्ना विशेषता र दूरदृष्टिको मार्केटिङ गर्न पुलको काम गर्नेछ,’ उनले भने, ‘नेपालबाट २०१८ मा अझ धेरै होटल, रिसोर्ट, एयरलाइन्सहरुले सहभागिता जनाउने अपेक्षा छ ।’

साटा अवार्डमा भाग लिन दक्षिण एसियाका जुनसुकै पर्यटनसँग सम्बन्धित कम्पनीले ३६ वटा विधामा आवेदन दिन पाउनेछन् ।

उक्त अवार्डमा नेपाल पर्यटन बोर्डले समेत सहकार्य गरेको छ । फेडेरेसन अफ चेम्बर अफ कर्मस एन्ड इन्डस्ट्री श्रीलंका, कोलोम्बो चेम्बर अफ कर्मस, माल्दिभ्स मार्केटिङ एन्ड पिआर कर्पोरेसन, कन्फेडेरेसन अफ एसोसिएसन टुर अप्रेटर भारत, एसोसिएसन अफ ट्राभल एजेन्टस् माल्दिभ्स्, एसोसिएसन अफ ट्राभल एन्ड टुर अप्रेटर भारत, एसोसिएसन अफ प्रोफेसनल इन टुरिजम भार, केरला होटल जेनरल म्यानेजर क्लब, नेपाल टुरिजम बोर्ड र लाइभबोर्ड एसोसिएसन अफ माल्दिभ कार्यक्रमको आयोजक छन् ।

यस वर्ष श्रीलंका, माल्दिभस, भारत, नेपाल र भुटानका दुई हजार होटलबीच प्रतिस्पर्धा हुने अनुमान छ । यसका लागि नेपालमा विभिन्न होटल तथा पर्यटनसम्बद्ध कम्पनीको प्रस्तुतीकरण हुनेछ । होटलको प्रस्तुतीकरण आधारमा मनोनयन हुने आयोजकले जनाएको छ ।

अवार्डका लागि आवेदन दिएका कम्पनीहरुको प्रस्तुतीकरण भारतमा पनि हुनेछ ।

साटा नेपाल च्याप्टरका रजत सरावगीका अनुसार होटल व्यवसायीको अकुपेन्सी, प्रोपर्टी, सुविधाको आधारमा उक्त अवार्ड वितरण हुँदै आएको छ ।

विशेष गरी बुटिक होटल, सिटी होटल, बिजनेस होटल, लक्जरी होटल, होटल एन्ड स्पा लगायत ४० वटा विधामा मनोनयन भएका होटलबीच प्रतिस्पर्धा हुनेछ ।

साटा अवार्डमा नेपालबाट पर्वतारोही, टुर अप्रेटर, ट्रेकिङ गाइडको समेत सहभागिता हुनेछ । सन् २०१७ को प्रतियोगितामा नेपालबाट २० वटा होटल मनोनयनमा परेका थिए । यसमध्ये ६ वटा साना तथा ठूला होटलले विभिन्न क्षेत्रमा १६ वटा अवार्ड पाएका थिए ।

म्नोनयनमा परेका होटलहरुको विगत, वर्तमान र आगामी योजनाका आधारमा तयार पारिएको कार्यपत्र प्रस्तुतिको आधारमा पहिलो मूल्यांकन हुनेछ । होटलले गरेका सामाजिक उत्तरदायित्वका कामलाई समेत मूल्यांकन गरिने छ । होटलले आन्तरिक र बाह्य  रुपमा फोहोर मैला व्यवस्थापन, वातावरण संरक्षणमा गरेका अभियान, स्थानीय स्रोत, साधन प्रयोगका विषय समेत निर्णायक मण्डलले मूल्यांकन गर्नेछ । होटलको वर्गीकरण अनुसार सेवाबारे समेत  अध्ययन हुनेछ ।  यस्तै, प्रोपर्टी कहाँ कति छ, त्यसको सदुपयोग समेत अध्ययन गरिने छ । 

प्रकाशित: २ माघ २०७४ ११:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App