५ वैशाख २०८१ बुधबार
कला

'छक्का पन्जा'मा कमेडी संवाद

काठमाडौं- फिल्मको नाम 'छक्का पन्जा' भए पनि यसलाई बनाउने कलाकार समूहले आफूहरुको व्यवहार निकै भद्र रहेको प्रमाणित गरेका छन्। मंगलबार फिल्मको ट्रेलर सार्वजनिक गर्नुअघि उनीहरुले आफ्नो ब्यानरबाट निर्मित अघिल्ला दुई फिल्म '६ एकान ६' र 'वडा नम्बर ६'का निर्देशकहरु दिनेश डिसी र उज्ज्वल घिमिरेलाई सम्मानपत्रसहित सम्मान गरे।

हास्य अभिनेत्री दीपाश्री निरौलाले पहिलोपटक निर्देशनमा हात हालेको फिल्म 'छक्का पन्जा'को ट्रेलर मंगलबार कमलपोखरीस्थित कुमारी हलमा सार्वजनिक गरिएको हो। ट्रेलर हेर्दा फिल्म कमेडीमय हुने प्रष्ट देखिन्छ। सबै संवाद कमेडीमा घोलिएका छन्।

कार्यक्रममा बोल्दै दीपाले अघिल्ला दुई फिल्मका निर्देशकसँग सिपेको ज्ञानलाई थपेर 'छक्का पन्जा'को निर्देशन गरेको बताइन्। '२५ वर्षदेखि यो क्षेत्रमा छु। हरेक फिल्मसँगै दर्शक अपेक्षा बढेको छ। यो अपेक्षामा पास हुने गरी फिल्म बनाउने प्रयास गरेका छौं,' दीपाले भनिन्। 

वैदेशिक रोजगारको पृष्ठभूमिमा बनेको फिल्ममा अधिकांश नयाँ कलाकारले अभिनय गरेका छन्। फिल्ममा दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउत, नम्रता सापकोटा आदि कलाकारले अभिनय गरेका छन्।

भदौ २४ गतेदेखि देशभर प्रदर्शन हुने फिल्मलाई निर्मल शर्मा, कुञ्जना घिमिरे, निशान बजगाईं, सुमन गिरी, केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी र दीपाश्री निरौला मिलेर निर्माण गरेका हुन्।

फिल्ममा कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायांकन, विपिन मल्लको सम्पादन, दीपक शर्मा र राजनराज सिवाकाटीको संगीत रहेको छ।

प्रकाशित: २७ श्रावण २०७३ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App