७ वैशाख २०८१ शुक्रबार
कला

लघुकथा वाचन तथा विमोचन

ललितपुर – शब्दपथको आयोजनामा लघुकथा सर्जक महेश प्रसार्इंको लघुकथा ‘अतिरिक्त स्वरहरू’को विमोचन ललितपुरको सिद्धेश्वर मन्दिर प्राङ्गण, लेलेमा सम्पन्न गरिएको छ ।

शब्दपथका संयोजक किशोर पहाडीको अध्यक्षता, वरिष्ठ आख्यानकार राजवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सञ्चालन शब्दपथका मुरारी सिग्देलले गर्नुभएको थियो । कार्यक्रमको पहिलो सत्रमा लघुकथा कृति विमोचन एवम् कृतिमाथि समीक्षा गरिएको थियो भने दोस्रो सत्रमा लघुकथा वाचन गरिएको थियो ।

लघुकथा कृति विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै समीक्षक डा. पुष्करराज भट्टले प्रसार्इंका लघुकथाको मूल स्वर समसामयिक राजनतिक एवम् सामाजिक विकृतिमाथि व्यङ्य रहेको बताउँदै भट्टले उनका कृतिमा पात्र चयनमा नवीनताका साथै स्वैरकल्पना रहेको बताए । प्रमुख अतिथि राजवले विश्व साहित्यमा लघुकथा परम्पराको चर्चा गर्दै लघुकथा आफैमा पूर्ण विधा भएको विचार व्यक्त गरे ।

कृतिका लेखक महेश प्रसार्इंले आफ्नो लेखन यात्रा एवम् लघुकथा लेखनका बारेमा बताउँदै अबको आफ्नो लेखन सरलताउन्मुख हुने बताए । कार्यक्रमका संयोजक किशोर पहाडीले शब्दपथले गर्दै आएको साहित्यिक कार्यका बारे चर्चा गरे ।कार्यक्रममा राजव, प्रसार्इं, पहाडीसहित निशा केसी, दिव्य गिरी, सुनिल पुरी, नारायण तिवारी, डा. पुष्करराज भट्ट, मुरारी सिग्देल, ध्रुव मधिकर्मी एवम् रत्न कोजूले लघुकथा वाचन गरेका थिए ।
 

प्रकाशित: ३ माघ २०७४ ०३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App