coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

साली बन्दै मरिस्का

काठमाडौं– नेपाली कथानक चलचित्र ‘साली कसको भेनाको’ मंगलबार चितवनमा शुभमुहूर्त गरिएको छ । मुभिङ पिक्चर्सद्वारा निर्मीत फिल्ममा वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले क्याल्प हानेर शुभ मुहूर्त गरेका थिए । शुभ मुहूर्तको निर्देशक भद्र भुजेलले निर्देशन गरेका थिए ।

 उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुकेले क्यामराको स्विच अन गर्नुभएको थियो भने लेखक पुष्प आचार्यले नरिवल फुटाएपछि चलचित्रकी नायीका मरिष्का पोख्रेल र नवनायक देवसागर विसीले शुभ मुहूर्तमा चलचित्रको संवाद प्रस्तुत गररेका थिए।

 चलचित्रको मंगलबार (माघ २) गतेदेखी छायांकन सुरु गरिएको चलचित्र युनिटले जानकारी दिएको छ । पुराना चलचित्र निर्माता प्रसाद श्रेष्ठको प्रस्तुतिमा चलचित्र बन्दैछ । शुभमुर्हूत कार्यक्रममा बोल्दै उहाँले अनुभवी र खारिएका प्राविधिक समूहदेखी अन्य सबै पक्ष सबल रहेको चलचित्र उत्कृष्ट बन्ने बताए । उहाँले यसअघि कान्छी, सन्तान, कर्जा जस्ता सफल चलचित्र निर्माण गरिसकेका छन्।

यो चलचित्र चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिने छ । पुष्प आचार्यको कथा रहको चलचित्रमा प्रसाद श्रेष्ठ , सुरज शाही ठकुरी र मीन घलानको संगीत छ । चलचित्रमा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ हैट, रबि गिरी, विरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, कविता आले, मिन घलान लगायतको अभिनय रहनेछ ।

देब सागर बिसी यो चलचित्रबाट रजतपटमा प्रवेश गर्दैछन् । मानवीय संवेदनामाथि निर्माण हुन लागेको चलचित्र पूर्ण रूपमा पारिवारिक कमेडी कथामा निर्माण हुनेछ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ । दीर्घ गुरुङको छायांकन रहने चलचित्रमा वसन्त श्रेष्ठ, गम्भीर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्वन्द्व निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहने छ । विशाल श्रेष्ठ, उमेश अधिकारी र मुक्ति अधिकारी निर्माता रहेको फिल्ममा लगानी १ करोड माथिको हुने जनाइएको छ । मुभिङ पिक्चर्स प्रा. लि. प्रबन्ध निर्देशक सुशील गोपाल न्यात्स्यो, उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके लगायतको उपस्थिति रहेको थियो ।
 

 

 

 

प्रकाशित: ३ माघ २०७४ ०३:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App