६ वैशाख २०८१ बिहीबार
अर्थ

नवीकरणबाट एक करोड राजश्व

भद्रपुर –  घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल रु एक करोड २० लाख राजश्व संकलन गरेको छ। 

उत्पादन, सेवा, कृषि तथा वन्य जन्तु र पर्यटन किसिमका उद्योगबाट रु २५ लाख ३३ हजार था वाणिज्य प्रशासनतर्फ रु ९४ लाख ६६ हजार राजस्व संकलन भएको उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए। 

प्रथम चौमासिकको चार महिनाको अवधिमा ३२५ नयाँ उद्योग दर्ता भई नयाँ र पुरानो गरी अब झापामा आठ हजार ८१ उद्योग दर्ता भएका छन्। तीनवटा उद्योग खारेजीमा परेका छन भने सातवटा उद्योग कारबाहीमा परेकामा उत्पादनतर्फका ९९, सेवा र निर्माणतर्फका १३२, कृषि तथा वन्य जन्तुका ९१ वटा र पर्यटनका तीनवटा उद्योग नयाँ दर्ता भएका छन्। 

यसैगरी, वाणिज्य प्रशासनतर्फका नयाँ ५२८, पुराना नौ हजार एक उद्योग दर्तामा रहेको र वाणिज्यसमेतको काम गर्दै आएको सो कार्यालयले चालू आवको चौमासिक अवधिमा ९२ वटा अनुगमनको कार्य गरेको उद्योग अधिकृत मिश्रले जानकारी दिए। 

प्रकाशित: ३ माघ २०७४ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App