coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

मुम्बई – सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’लाई भारतका ४ राज्यमा प्रतिबन्ध लगाइएको छ।

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र मध्य प्रदेशले रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यी राज्यहरुले फिल्मका कारण हिंसा भड्किने भन्दै प्रदर्शनमा रोक लगाउनुपरेको बताएका छन्।

४ प्रमुख राज्यले फिल्ममाथि प्रदर्शनमा रोक लगाएपछि ‘पद्मावती’का निर्माता सर्वाेच्च अदालत पुगेका छन्। सर्वाेच्चले बुधबार उनीहरुको रिट निवेदन स्वीकार गर्ने निर्णय गरेको छ।

प्रधानन्यायाधीश दिपक मिश्रा, न्यायाधीशद्वय एएम खानविलकर र डिवाई चन्द्रचुडको इजलासमा चारवटै राज्यका कानून र व्यवस्थाअन्तर्गत लगाइएको प्रतिबन्धविरुद्ध बहसमा आउन निर्माताका वकिललाई अदालतले आग्रह गरेको छ।

फिल्म २५ जनवरीमा रिलिज हुँदैछ।

प्रकाशित: ३ माघ २०७४ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App