१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पेट्रोलमा एक, डिजेलमा दुई रुपैयाँ मूल्य बढ्यो

काठमाडौ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा दुई रुपैयाँ मूल्य बढाएको हो।

अब पेट्रोल प्रतिलिटर एक सय तीन रुपैयाँ, डिजेल र मट्टीतेल ८१ रुपैयाँ लिटर पुगेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। इन्डियन आयल कर्पोरेसन(आइओसी)ले मूल्य बढाएर पठाए पछि मूल्य वृद्धि भएको हो।

मूल्य समायोजन गरे पनि डिजेलमा प्रति लिटर तीन रुपैयाँ ५३ पैसा घाटा रहेको भट्टराईले बताए। ‘मूल्य समायोजन गर्दा निगमलाई अझै पाक्षिक १९ करोड रुपैयाँ घाटा छ,’ उनले भने।

ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। ग्यास प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ बिक्री भैरहेको छ छ। त्यसैगरी हवाई इन्धनतर्फ आन्तरिकतर्फ लिटरको ९० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति केएलको नौ सय डलर रहेको छ।

 

प्रकाशित: ३ माघ २०७४ १२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App