६ वैशाख २०८१ बिहीबार
समाज

प्रधानसेनापति क्षत्री श्रीलङ्का प्रस्थान

काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षत्री श्रीलङ्का प्रस्थान गरेका छन्। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्रीलङ्काका सेना प्रमुखको औपचारिक निमन्त्रणामा क्षत्री बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानसेनापति क्षत्रीलार्ई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए भने सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे। उक्त अवसरमा नेपाली सेनाका रथीबृन्द, नेपालस्थित श्रीलङ्काका राजदूतलगायत विभिन्न मित्रराष्ट्रका आवासीय सैनिक सहचारीहरुको उपस्थिती
थियो।

भ्रमणको क्रममा उनले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेट गर्नेछन्। सोही क्रममा उनले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने निर्देशनालयले जनाएको छ।

भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितीमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्।

भ्रमण सम्पन्न गरी प्रधानसेनापति क्षत्री माघ ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ।

प्रकाशित: ३ माघ २०७४ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App