coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

रामेछाप- जिल्लाको मन्थली नगरपालिका ६ भलुवाजोरमा बुधबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। र्दुघटनामा परि दुई जना घाइते भएका छन्।

दुर्घटनामा परी मृत्यु हुनेमा मन्थली ६ की सानुमाया तमाङ ३६ रहेकी छिन्। उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए। दुर्घटनमा परि मन्थली ६ का ४१  बर्षिय कुल बहादुर थोकर र ३१ बर्षिया पुर्णिमा मोक्तान  घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

कुविण्डेबाट ढुंगा बोकेर बेतिनीतर्फ गइरहेको  को २ त २६१० नंबरको ट्याक्टर क्षमता भन्दा बढी भार भएका कारण मोडमा स्टेरिङ नकाटिंदा सडकबाट करिब २० मिटर तल खसेको प्रहरी जनाएको छ। ट्याक्टर दुर्घटना पछि फरार ट्याक्टरका चालक राजकुमार तमाङलाई भने प्रहरीले नियन्त्रण लिएको छ।

 

 

प्रकाशित: ३ माघ २०७४ १४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App