काठमाडौं- सरकारले आज तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखबारे नेकपा एमालेले असन्तुष्टी जनाएको छ। एमाले सचिव योगेश भट्टराईले सरकारले आफ्नो नभएको अधिकार प्रयोग गर्दै निर्णय गरेको आरोप लगाएका थिए। उनले ट्विट गर्दं भएका छन्, ‘अस्थायी राजधानी र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन। यो सरकारले नभएको अधिकार प्रयोग गर्यो, आउने सरकारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छ। कुरा त्यत्ति मात्र हो।‘
यस्तै एमाले नेता शंकर पोखरेलले आफैले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन्। उनले जनमत गुमाएको सरकारले विवेक पनि गुमाएको आरोप लगाएका छन्। उनले ट्विटमा भनेका छन्, ‘आफैले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ । जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ । स्थायी राजधानीका वारेमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त छ । जननिर्वाचित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन् ।
’
प्रकाशित: ३ माघ २०७४ १४:२१ बुधबार