८ वैशाख २०८१ शनिबार
अर्थ

ज्योतिलाईफ इन्स्योरेन्सको सेवा अब ४५ शाखाबाट

काठमाडौं – ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप १२ स्थानबाट सेवा शुभारम्भ गरेको छ। यससँगै सञ्चालनमा आएको ४ महिनामै ज्योतिलाईफका देशभर ४५ शाखा पुगेका छन्।

सेवा शुभारम्भ गरिएका थप १२ स्थानहरुमा बाराको कलैया र सिमरा–जीतपुर, पर्साको पोखरिया,महोत्तरीको बर्दिबास, उदयपुरको गाईघाट, सिराहाको लाहान, कैलालीको धनगढी र सुख्खड, कञ्चनपुरको पुनर्वास, बर्दियाको राजापुर, झापाको भद्रपुर तथा काठमाडौंको रविभवन शाखा रहेका छन्।

जीबन बीमा योजना तथा सेवामा सर्वसाधारणको पहुँच सहज बनाउन शाखा संजाल विस्तारलाई प्राथमिकता दिई देशको सात वटै प्रदेश अन्तर्गत ज्योतिलाईफ इन्स्योरेन्सले यसअघि ३३ शाखा÷उपशाखाबाट सेवा प्रदान गर्दै आइरहेको थियो।

शाखा संजाल विस्तार संग संगै कम्पनीले वीमाको सचेतना अभिवृद्धी कार्यक्रम, नयाँ नयाँ जीवनबीमा योजना, उच्चस्तरीय प्रविधिको प्रयोगमार्फत ग्राहक सेवालाई प्रभावकारी बनाउँदै नेपालको बीमाबजारको विकास तथा विस्तारमा विशेष ध्यान दिइने ज्योतिलाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्रीले जानकारी दिए।

प्रकाशित: ३ माघ २०७४ १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App