१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टेभेजप्रति चिनियाँ समर्थकको आक्रोश

सांघाई – अर्जेन्टिनी स्ट्राइकर कार्लोस टेभेजले आफ्नो चीन बसाइलाई सात महिनाको बिदाको रूपमा लिएको प्रतिक्रिया दिएपछि आक्रोशित बनेका चिनियाँ फुटबल समर्थकले बुधबार उनलाई ‘लाज पचेको मुसा’को संज्ञा दिएका छन् ।
साताको ७ लाख ३० हजार युरोमा चिनियाँ सुपर लिग क्लब सांघाई सिन्ह्वामा भित्रिएका ३३ वर्षे टेभेजको चीन बसाइ चोटसँग जुध्दै अन्त्य भएको थियो ।

टेभेज गता साता चिनियाँ बसाइको अन्त्य गर्दै पूर्वक्लब बोका जुनियर्समा आबद्ध भएका थिए । 
‘मेरा लागि चीन बसाइ सुखद बन्यो, किनभने म सात महिना लामो बिदामा थिएँ,’ अर्जेन्टिना फर्किएपछि बुधबार पहिलो पटक टेलिभिजनमा देखा परेका टेभेजले टिवाइसी स्पोर्ट्ससँगको कुराकानीमा भने ।

 टेभेज तीन महिनाअघि खुट्टाको शल्यक्रियाका लागि अर्जेन्टिना फर्किएपछि पनि समर्थकले उनलाई ‘घर फर्कन आतुर केटा’ को संज्ञा दिएका थिए ।

उनको पछिल्लो अभिव्यक्तिपछि थप आक्रोशित बनेका चिनियाँ समर्थकले सामाजिक सन्जाल वेइबोमा टेभेजको विरोध गरेका छन्।

‘फुटबल विरोधी, अब कहिले चीन नफर्क,’ एक प्रयोगकर्ताले उल्लेख गरेका छन्।
त्यस्तै अर्का समर्थकले भनेका छन्, ‘मैले टेभेजजस्तो लाज पचेको मान्छे अहिलेसम्म देखेको छैन।’
सांघाई सिन्ह्वाले टेभेजको भनाइप्रति प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रकाशित: ४ माघ २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App