८ वैशाख २०८१ शनिबार
खेल

टेटेप्रति पेलेको विश्वास

रियो दि जेनेरियो– विश्व फुटलका हस्ती पेलेले सोमबार गत वर्ष ब्राजिलले घरेलु मैदानमा सम्पन्न विश्वकपमा लज्जास्पद प्रदर्शन गरे पनि सन् २०१८ को रूस विश्वकपमा आफूहरू उपाधिको प्रमुख दाबेदार भएको बताएका छन्।

पाँच पटकको विश्वविजेता ब्राजिल सन् २०१४ को विश्वकपको सेमिफाइलनमा जर्मनीलाई ७–१ को फराकिलो नतिजा सुम्पँदै प्रतियोगिताबाट बाहिरिएको थियो।

तर पेलेले यस पटक प्रशिक्षक टेटेले उत्कृष्ट टोली बनाएकाले ब्राजिलले रूस विश्वकप जित्दै गत संस्करणको पीडामा मलम लगाउने बताए।

‘जो ब्राजिली हुन् र ब्राजिलमाथि विश्वास गर्छन् । उनीहरूले हामीलाई यस पटक उपाधिको प्रमुख दाबेदार ठानेका छन्,’ ७७ वर्षे पेलेले भने।

ब्राजिलले दक्षिण अमेरिकी छनोटमा अपराजित हुँदै समूह विजेताका रूपमा विश्वकपको टिकट काटेको थियो । साथै ब्राजिल रूस विश्वकपमा छनोट हुने पहिलो टोलीसमेत हो। 

‘टेटेको आगमन नै ब्राजिली टोलीका लागि सुखद पक्ष हो,’ पेलेले भने, ‘उनले टोलीलाई सुदृढ बनाएका छन् । गत संस्करणमा पनि हाम्रो टोली उत्कृष्ट खेलाडीले भरिएको थियो । तर पनि टोलीमा खेलाडीहरूबीच साझेदारी मिलेको थिएन । यस पटक टोली सबै पक्षमा उत्कृष्ट छ । त्यसैले म विश्वकप उपाधि भिœयाउनेमा म विश्वस्त छु ।’

ब्राजिलले सन् १९५८, १९६२ र १९७० को विश्वकप उपाधि जित्दा पेले टोलीका प्रमुख खेलाडी थिए ।
व्यावसायिक खेलजीवनमा १ हजारभन्दा बढी गोल गरेका पेलेले वर्तमान फुटबलमा विगतको समयमा जस्ता धेरै उत्कृृष्ट खेलाडी  नजन्मिएको बताए।

‘अहिले लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र नेइमार गरी ३ खेलाडीले मात्र विश्व फुटबलमा राज गरिरहेका छन्,’ पेलेले भने, ‘हाम्रो समयमा सबै शीर्ष क्लबमा कम्तीमा ३ यस्ता खेलाडी थिए, जो विश्व फुटबलमा राज गर्न सक्षम थिए।’

प्रकाशित: ४ माघ २०७४ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App