लण्डन– चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा नर्वीच सिटीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराँउदै चेल्सीले अघिल्लो चरणमा स्थान पक्का गरेको हो।
चेल्सीको घरेलु मैदानमा भएकोे रिप्ले खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलीएको थियो।
चेल्सीका लागि खेलको ५५ औं मिनेटमा मिसी बात्सुयीले गोल गर्दै घरेलु अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा नर्वीच सिटीका जमाल लुइसले गोल गर्दै खेल बराबरीमा ल्याए।
थप गरिएको समयको ११७ औं मिनेटमा चेल्सीका पेड्रो र १२० औं मिनेटमा अल्भारो मोराटाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जना खेलाडीमा सिमित भएको थियो।
थप गरिएको समयमा पनि गोल नभएपछि खेलको निर्णय टाइब्रेकरबाटे लिइएको थियो। जसमा चेल्सी ५–३ ले विजयी भयो।
एफए कपकै अन्य खेलहरुमा वुल्वसलाई २–१ हराउँदै स्वान्सी सिटी तथा बोर्नमाउथलाई ३–० ले पराजित गर्दै विगानले चौथो चरणमा स्थान पक्का गरेका छन्।
प्रकाशित: ४ माघ २०७४ ०४:४३ बिहीबार