७ वैशाख २०८१ शुक्रबार
खेल

श्रीलंका २२ रनले पराजित

ढाका– जिम्बाब्वेले बुधबार क्रिकोणात्मक शृंखलाको दोस्रो एकदिवसीय खेलमा श्रीलंकालाई २२ रनले पराजित गरेको छ।
जिम्बाब्वेले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ४८।१ ओभरमा २ सय ७८ रन मात्र जोड्न सक्यो।

श्रीलंकाका ओपनर कुशल मेन्डिसले सर्वाधिक ८० रन जोड्दा थिसरा परेराले ६४ र कप्तान एन्जेलो म्याथ्युजले ४२ रन जोडे ।
मेन्डिस र म्याथ्युजले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । ८३ बल खेलेका मेन्डिसले ८ चौका र २ छक्का प्रहार गर्दा ६४ बलको सामना गरेका म्याथ्युजले १ चौका र १ छक्का प्रहार गरे।

त्यस्तै परेराले आक्रामक ब्याटिङ गर्दै ३७ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पनि उनी पवेलियन फर्केपछि श्रीलंकाको जितको लक्ष्य समाप्त भएको थियो।

जिम्बाब्वेका टेन्डाई छात्राले ४ तथा ग्रामी  क्रिमर र केइले जाभिसले समान २÷२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ९० रनको योगफल खडा गरेको थियो।

जिम्बाब्वेका सिकन्दर राजाले अविजित ८१ रन जोडे । ६७ बल खेलेका राजाले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै ओपनर ह्यामिल्टन मासाकाड्जाले ७३ रन जोडे । ८३ बलको सामना गरेका मासाकाड्जाले १० चौका प्रहार गरे ।
श्रीलंकाका एसिला गुणारत्नेले ३ तथा थिसरा परेराले २ विकेट लिए।

यसअघि सोमबार सम्पन्न पहिलो खेलमा जिम्बाब्वे आयोजक बंगलादेशसँग पराजित भएको थियो ।

प्रकाशित: ४ माघ २०७४ ०५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App