coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘इजरायल र भारत दुवैमाथि अतिवादीको चुनौती’

क्याप्सन -भारतको अहमेदाबादस्थित गान्धी आश्रममा मंगलबार भ्रमण गर्ने क्रममा चर्खामा धागो काट्दै गरेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हेर्दै उनकी श्रीमती सारा ।

नयाँ दिल्ली– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र भारत दुवैले मुसलमान अतिवादीको चुनौती सामना गरिरहेको बताएका छन् ।प्रधानमन्त्री नेतान्याहुले दुवै प्रजातन्त्रवादी देशले मुसलमान अतिवादीद्वारा हुने हानीविरुद्ध सुरक्षा साझेदारीलाई थप मजबुत बनाउने विषयमा पनि छलफल गरिरहेको सुरक्षासम्बन्धी एक सम्मेलनमा बताएका छन् ।

नेतान्याहु १५ वर्षपछि भारतको भ्रमण गर्ने पहिलो इजरायली प्रधानमन्त्री बनेका छन् । ६ दिने भारत भ्रमणमा क्रममा आइतबार नेतान्याहु भारत आइपुगका हुन् । भारतका प्रधानमन्त्री एवं हिन्दू राष्ट्रवादी पार्टी, भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले इजरायलले आतंकवादसँग लडेको भन्दै नेतान्याहुको प्रशंसा गर्दै आएका छन् ।

भारतले पेट्रोलियम पदार्थ आयात गर्ने अरब राष्ट्र र भारतको मुसलमान अल्पसंख्यकको धारणलाई मध्यनजर गर्दै दशकौंदेखि इजरायलसँग समदुरी कायम गरेको थियो । तर मोदीको प्रधानमन्त्रीकालमा भने दुवै पक्षले सुरक्षा र अर्थतन्त्रमा आधारित भएर नजिकको सम्बन्ध कायम गरेका छन् । अति दक्षिणपन्थी नेता नेतान्याहुले सुरक्षा सम्मेलनमा इजरायल र भारत दुवै प्रजातन्त्र प्राकृतिक आकर्षणसहितको राष्ट्र भएको तर दुवैको खुला र उदारवादी समाजले खतराको सामना गरिरहनु परेको छ ।

‘हाम्रो जीवन जिउँने तरिकामाथि विभिन्न अतिवादीहरुले चुनौती दिइरहेका छन् । विकास र आधुनिकताको हाम्रो चाहनालाई अतिवादी इस्लाम र आतंकवादी गतिविधिले चुनौती दिइरहेको छ,’ उनले बताए । ‘नागरिक तहमा सुरक्षालगायत सबै क्षेत्रमा कसरी दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सकिन्छ भनेर छलफल भएको छ,’ मंगलबार आयोजना भएको सुरक्षासम्बन्धी सम्मेलनमा इजरायली प्रधानमन्त्री नेतान्याहुले बताए।

‘भारत र इजरायल दुवैले इस्लाम अतिवादी लडाकुसँग सामना गरिरहेको छ । इजरायलले गाजा र इजिप्टको सिनाई क्षेत्रबाट र भारतले मुख्यतया पाकिस्तानी क्षेत्रबाट अतिवादीको सामना गरिरहनुपरेको छ । सर्वसाधारणको आँखाबाट पर रहेर कुरा गर्दा भारत र इजरायल दुवैले यस्तो अतिवादी समूहले दिने चुनौतीसँग बौद्धिकता आदानप्रदान गरेर लडिरहेको छ,’ अधिकारीहरुले बताएका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिना अघि इजरायलको भ्रमण गरेपछि इजरायली प्रधानमन्त्रीले भारतको भ्रमण गरेका हुन् । इजरायलको भ्रमण गर्ने मोदी भारतका पहिलो प्रधानमन्त्री हुन् ।

प्रकाशित: ४ माघ २०७४ ०५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App