coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग निरन्तर वार्तामा छौं : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाले उत्तर कोरियासँग निरन्तर वार्ता भएको बताएको छ ।विश्वमा परमाणु संकट बढिरहेकोले उत्तर कोरियामाथिको प्रतिबन्ध भने फुकुवा नगरिएको दक्षिण कोरियाली विदेश मन्त्रालयले बताएको छ । दक्षिण कोरियाली विदेश मन्त्री गाङ ग्याङ हाले दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता जारी राखेको बताएका हुन् ।

कोरियाली प्रायद्वीपमा बढ्दै गइरहेको तनावपूर्ण स्थित्तीको समाधानका लागि वर्तमान समय एकदमै अनूकुल रहेको समेत विदेशमन्त्री हालेको दाबी छ ।दक्षिण कोरियामा आगामी फेब्रुअरीमा हुने हिउँदे ओलम्पिक दुई कोरियाबीचको असन्तुलित सम्बन्ध सुधारको एक कदम हुन सक्ने दक्षिण कोरियाली विदेश मन्त्रालयले बताएको छ ।

दक्षिण कोरियामा हुने ओलम्पिकमा उत्तर कोरियाले सहभागी हुने निर्णय गरेपश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत उत्तर कोरियाप्रति लचक देखिएका छन् ।

प्रकाशित: ४ माघ २०७४ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App