काठमाडौं– घरासयी सामग्रीको ब्रान्ड सिजीले धोएको लुगा सुकाइदिने विशेषता भएको फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको जनाएको छ । कम्पनीका अनुसार यस्तो विशेषता भएको मेसिनले एक बटन थिचेकै भरमा छोटो समयमै लुगा धुने र सुकाउने काम गर्छ ।
यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भर्टर मोटर पनि जडान गरिएको बताइएको छ । यो मेसिन सिजीका अधिकृत बिक्रेता र सिजी डिजिटलहरुमा किन्न पाइने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यी वासिङ मेसिनका मूल्य पनि निकै प्रतिस्पर्धी भएको सिजीका प्रोडक्ट मेनेजर रितेश चौधरीले बताएका छन् ।
प्रकाशित: ५ माघ २०७४ ०१:५६ शुक्रबार