१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेसीको पेनाल्टी असफल

मड्रिड– लियोनल मेसीले पेनाल्टीमा गोल गर्न चुकेको दिन बुधबार बार्सिलोनाले कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेगमा स्पानियोललाई १–० को नतिजा सुम्पिएको छ ।

गत अगस्टपछि बार्सिलोना पराजित भएको यो पहिलो खेल हो ।खेल सकिन २ मिनेट बाँकी छँदा ओस्कार मेलेन्डोले गरेको गोल स्पानियोलको जितमा पर्याप्त बन्यो । मेलेन्डोले मार्क नाभासोसको पासलाई पोस्टको दिशा दिएका थिए ।

यसअघि ६३औं मिनेटमा बार्सिलोनाले अग्रता लिने सुनौलो अवसर पाएको थियो । तर मेसीले गरेको पेनाल्टी प्रहार स्पानियोलका गोलकिपर डिएगो लोपेजले विफल पारेपछि बार्सिलोना अग्रता लिनबाट चुकेको थियो ।‘सधैं अपराजित यात्रालाई निरन्तरता दिन कठिन हुन्छ । हामीले अपराजित यात्रालाई पर धकेल्ने हरसम्भव प्रयास गरेका थियौं,’ बार्सिलोनाका मिडफिल्डर सर्जियो बास्क्युट्सले भने, ‘पहिलो लेगमा पछि परे पनि हामी दोस्रो लेगमा पुनरागमन गर्नेमा आशावादी छाै।’

‘बार्सिलोनाजस्तो शीर्ष क्लबविरुद्ध हात पारेको जित क्लब इतिहासकै ठूलो उपलब्धि हो,’ स्पानियोलका प्रशिक्षक क्युकिउ  सान्चेज फ्लोरिसले भने, ‘हामी दोस्रो लेगमा पनि उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त छौं ।’
बुधबार नै सम्पन्न अर्को खेलमा सेभियाले एट्लेटिको मड्रिडलाई २–१ ले स्तब्ध पारेको छ ।७३औं मिनेटमा डिएगो कोस्टा गोल गर्दा एट्लेटिकोले अग्रता लिएको थियो ।८०औं मिनेटमा जिजस नाभासले गोल गर्दै सेभियालाई खेलमा फर्काएका थिए । खेल सकिन २ मिनेट बाँकी हुँदा ज्याक्विन कोरियाले गोल गर्दै सेभियाको जित पक्का गरेका थिए ।

यता भ्यालेन्सियाले आल्भेसलाई २–१ ले पराजित गर्यो ।६६औं मिनेटमा रुबेन सोबरिनोले गरेको गोलमा आल्भेसले अग्रता लिएको थियो । ७३औं मिनेटमा गोन्कालो ग्युडेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काएका थिए । खेल सकिन १७ मिनेट बाकी हुँदा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको जित पक्का गरेका थिए ।

 

 

प्रकाशित: ५ माघ २०७४ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App