१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

फेरि हलमा ‘डाइङ क्यान्डल’

काठमाडौ– लगभग एक वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘डाइङ क्यान्डल’ फेरि प्रदर्शन हुने भएको छ । फिल्म सुन्धारास्थित सिने दि सेफमा फेरि एक पटक प्रदर्शनमा आउन लागेको हो ।

फिल्मको  पुनः प्रदर्शनको चाँजोपाँजो काठमाडौं फिल्मस्ले मिलाएको हो । काठमाडौं फिल्मस्का दिग्विजय भारतीले पहिलाको प्रदर्शनमा फिल्म हेर्न छुटेका दर्शकको चाहानामा फेरि प्रदर्शन गर्न लागिएको जनाए ।
‘नेपालमा बनेका सीमित फिल्ममा आर्टिस्टिक भ्यालु हुन्छ । डाइङ क्यान्डलमा त्यो भ्यालु थियो । फिल्मले दिदी भाइको कथालाई इमोसनल हिसाबले प्रस्तुत गरेको छ, जुन यस फिल्मको विशेषता हो । नेपालमा यस्ता फिल्मले दर्शक पाउनु पर्छ भन्ने लागेर दोस्रो पटक प्रदर्शन गर्न लागेका हौं,’ भारतीले भने ।

फिल्मका निर्देशक नरेश केसीले प्रदर्शनको दोस्रो सातामा चलिरहँदा हलमा ‘लुट २’ आएकाले हलबाट फिल्म उत्रिएकाले पुनः दर्शककै मागका कारण प्रदर्शन हुन लागेको बताए ।‘हाम्रो फेसबुक पेज तथा इमेलमा धेरैले फिल्म हेर्न पाइएन भने गुनासो गर्नुभएको थियो । फिल्म युट्युबमा हाल्न अनुरोध आइरहेको थियो । काठमाडौं फिल्मका साथीहरूले हलमा लगाउने प्रस्ताव ल्याएपछि सहर्ष स्वीकार गरेका हौं,’ केसीले भने । उनले बक्स अफिसमा आइरहेको इन्क्वायरीले फिल्म हेर्न राम्रै दर्शकको उपस्थित हुने अपेक्षा गरे ।

सौगात मल्ल, अर्पण थापा, सिर्जना सुब्बा, विद्या कार्की आदि कलाकारको अभिनय रहेको फिल्मले दिदीभाइको मायाको कथालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । फिल्मको सम्पादनले सार्क फिल्म अवार्डमा सम्पादन र अभिनेत्री सिर्जना सुब्बाले इनास अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी छिन् ।
 

प्रकाशित: ५ माघ २०७४ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App