८ वैशाख २०८१ शनिबार
कला

अनुप्रस्थको ‘अद्वितिय’

काठमाडौं –लोकरक ब्यान्ड अनुप्रस्थको नयाँ गीत ‘अद्वितिय’को भिडियो सार्वजनिक भएको छ । ब्यान्डको दोस्रो एल्बम ‘ह्वाट टु डु काठमाडौं ?’मा समेटिएको गीतको भिडियोमा ब्यान्डका लिड गायक नीरन शाहीसहित ब्यान्डका ससदस्य फिचरिङ छन् ।

गीतमा सुमनलाल श्रेष्ठको शब्द र सुमनलाल तथा नीरनको संगीत छ । भिडियोमा जितेन्द्र श्रेष्ठको सम्पादन, निरज श्रेष्ठ र विजय कोजुको छायांकन तथा सोनाम छिरिङ लामाको निर्देशन छ ।अनुप्रस्थ झन्डै दशकदेखि नेपाली लोकरक संगीतमा सक्रिय छ । सो ब्यान्ड सन् २००८ मा भएको ‘स्प्राइट ब्यान्ड च्यालेन्ज’ नामक टेलिभिजन रियालिटी सोबाट चर्चामा आएको थियो ।

ब्यान्डले ‘दिन’, ‘सुख र दुःख’, ‘गफ’ र ‘उज्यालो’ नामक म्युजिक भिडियो यसअघि नै बजारमा ल्याइसकेको छ । ब्यान्डमा नरेनसहित जिमी शाही, गोविन सुनुवार र विवेक तामाङ सदस्य छन् ।
 

प्रकाशित: ५ माघ २०७४ ०३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App