coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

जितुले हसाँए, कमलले नचाए

सर्लाही,  – सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहासिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले  प्रस्तुती दिएका छन् ।

घाम नलागेका कारण चिसोले कठ्यांग्रीएका सर्वसाधारणलाई कलाकारहरुको  प्रस्तुतीले तताएको थियो । चर्चित हाँस्यव्यंग्य कलाकार जितु नेपाल मुन्द्रेले समसामयिक सामाजिक विकृति एवं विसंगति विरुद्ध कटाक्ष सहितको व्यंग्यात्मक प्रस्तुती दिँदा दर्शकहरु पेट मिचिमिची हाँस्न बाध्य भएका थिए । कलाकार नेपालले फेसबुकको प्रयोग, फोटो खिचाउँदाको ईतिहास, तीजको दर खाने प्रचलन लगायत विषयमा व्यंग्यात्मक प्रस्तुती दिएका थिए ।

त्यस्तै कार्यक्रममा युवा गायक कमल खत्री, कर्णराज गिरी, सिम्पल खरेल लगायतले  एक दर्जन गीतहरु गाउँदा दर्शक छमछमी नाचेका थिए । ऐतिहाँसिक एवं धार्मिक स्थल मुक्तेश्वर धामको प्रचारप्रसार गर्ने उद्धेश्यले आगामी माघ ९ गतेसम्म महोत्सव आयोजना गरिएको हो ।

त्यस्तै २८५४ औं सोनाम ल्होसारको अवसरमा विहिबार नै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वागमतीमा गायक अविनाश घिसिङ्ले आफ्ना आधा दर्जन गीतहरु प्रस्तुत गरेर उपस्थित हजारौं दर्शकलाई नचाएका थिए भने मोडेल अनिता गोलेले तामाङ सेलोमा छमछमी नाँच्दा दर्शकहरुले उनलाई साथ दिएका थिए ।

 

प्रकाशित: ५ माघ २०७४ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App