coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमारमा सांसद पक्राउ

याङ्गुन- म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको छ ।
जातीय द्वन्द्व फैलाउन गैर–जिम्मेवार तरिकाले भूमिका खेलेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको राज्य सञ्चालित सञ्चार संस्थाले जनाएको छ ।उनले मानवीय क्षति हुनेगरी घटनाहरू भइरहेका राज्यमा हिंसा फैलाउन भित्रभित्र काम गरिरहेको बताइएको छ।

गत मङ्गलबार एउटा सरकारी कार्यालय नियन्त्रणमा लिन खोजेका बेला प्रदर्शनकारी र प्रहरीकाबीचमा झडप हुँदा सात जनाको मृत्यु भएको थियो । घटनामा अरु दर्जनौ घाइते पनि भएका छन् ।सरकारी सहयोग रहेको संचार माध्यमले तल्लो संसदका सदस्य आय माउङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले गत सोमबार राष्ट्रबादी राजनीतिक नेताका विरुद्धमा आक्रामक रुपमा प्रस्तुत भएको र सैन्य संघर्ष गर्ने ‘सही समय’ आएको भन्दै उत्तेजित पारेको सरकारी पक्षको आरोप छ ।राखिनेमा रहेको ऐतिहासिक मन्दिर परिसर एमरक युमा हजारौँको सङ्ख्यामा बौद्ध धर्मावलम्बी प्रर्दशनकारी र सुरक्षा अधिकारीबीच झडपको थियो।

दश लाख भन्दा बढी रोहिङ्याहरुको वासस्थानका रुपमा रहेको राखिने राज्य गत अक्टोबर २५ बाट सुरु भएको सैनिकको दमनको कारण ६ लाख ४० हजार भन्दा बढी रोहिङ्या भागेर बङ्गलादेश पुगेका छन् ।रोहिङ्या मुसलमानप्रति भएको सैनिक दमनका कारण केही महिनायता यो राज्य अस्तव्यस्त भएको छ ।
 

प्रकाशित: ५ माघ २०७४ ०४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App