उत्तर कोरियाली महिलालाई दक्षिणको भ्रमण खुल्ला

शुक्रबार, ०५ माघ २०७४, १६ : १५ एजेन्सी


सोल – चार वर्षपछि पहिलो पटक उत्तर कोरियाली महिला अधिकारीलाई दक्षिण कोरियाको भ्रमण खुल्ला गरिएको छ।

शनिबार केही उत्तर कोरियाली महिलाले दक्षिण कोरियाल जाने अनुमति पाएका छन्। उनीहरु आगामी फेब्रुअरीमा दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलको तयारीका लागि त्यहाँ जान लागेका हुन्।

उनीहरु उत्तर कोरियाको संगीतसम्बन्धी ब्याण्डका अधिकारीहरु हुन्। फेब्रुअरीमा हुन लागेको सो खेलकूदमा उत्तर कोरियाका तर्फबाट सांगीतिक प्रस्तुति दिनका लागि उनीहरु त्यहाँ जान लागेका बताइएको छ।

उत्तर कोरियाली एकजना संगीतकर्मी महिला हियोन सङ उलको नेतृत्वमा शनिबार एक दर्जन भन्दा बढी महिला दक्षिण कोरिया जाने तयारीमा रहेका छन्।

उनीहरुले उक्त खेलकूदको समयमा पश्चिमाहरुको जस्तै संगीत देखाउने बताइएको छ। यसका लागि उनीहरुले उत्तर कोरियामा नै लामो समयदेखि तयारी गरिरहेका थिए।

चार वर्ष पहिला उत्तर कोरियाले कुनै पनि महिला अधिकारीले उत्तर कोरिया सरकारको अनुमतिबिना दक्षिण कोरियाको भ्रमणमा जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाले आफ्ना खेलाडीको टोली र अन्य खेलकूद अधिकारीहरु पठाउने जानकारी यसअघि नै दिइसकेको छ।

उक्त ओलम्पिक खेलमा सहभागिताका लागि उत्तर कोरियाली केही उच्च अधिकारी र पत्रकार पनि जाने भएका बताइएको छ । उत्तर कोरियाली प्रतिनिधिमण्डल ठूलो हुने र त्यसमा खेलाडीलाई हौसला प्रदान गर्ने समूह पनि त्यहाँ जान लागेको भएको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाले यस खेलकूदमा उत्तरले बढीभन्दा बढी खेलाडी र अधिकारी पठाओस र जसले गर्दा दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउन सकियोस भन्ने आग्रह गरेको थियो। त्यतिमात्र नभएर उत्तर र दक्षिण कोरियाले उक्त खेलकूदमा एउटै अथवा संयुक्त झण्डामा सँगसँगै मार्चगर्न सहमति जनाएको पनि समाचार आएको छ।

त्यसैले पनि उक्त खेलकूदलाई विगत लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रही आएका यी दुई देशको सम्बन्ध सुधारका लागि वातावरण थप सौहार्द बनाउने एक माध्यमका रुपमा लिनुपर्नेमा विश्वका नेताहरुले नै आग्रह गरेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस...

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह...

थापा र वैद्यलाई कृपा सम्मान

थापा र वैद्यलाई कृपा सम्मान

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।...

रसियामा नेपाली नाटक मञ्चन

रसियामा नेपाली नाटक मञ्चन

रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।