coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

साथीहरूले भन्छन्, ‘आइ हेट मुस्लिम’

नाजिया इरम
मेरो छिमेकी ४५ वर्षीया अरिफाका दुई छोरा छन् । उनीहरू नोयडाको लोटर भ्याली इन्टरनेसनल स्कुलमा पढ्छन् । एक रातअघि एउटा आतंकवादी हमला मच्चिएको थियो । उनको दश वर्षीय छोरा साद पाँच कक्षामा पढ्दै थिए । सादको कक्षाकोठामा शिक्षकको डेस्कमा पत्रिका थियो । विद्यार्थीहरू अंग्रेजी कक्षा सुरु हुने प्रतीक्षा गरिरहेका थिए । कक्षाकोठामा छिरेपछि शिक्षकले पत्रिका उठाइन् र गए रातको घटनाबारे पत्रिकामा छापिएको कुरा ठूलो स्वरमा पढेर विद्यार्थीलाई सुनाइन् । पढिसकेपछि ‘विश्वमा के भइरहेछ हँ ?’ भन्दै उनले लामो सास फेरिन् र कुर्सीमा बसिन् ।

अचानक एक विद्यार्थीले सादको नाम लिँदै ठूलो आवाजमा कराए, ‘साद, यो तिमीले के गरिदियौ ?’
कक्षाकोठामा एकाएक सन्नाटा छायो । सादको घाँटीमा शब्दहरू अड्किए, बाहिर निस्किन सकेनन् । सबैले सादलाई एकनासले हेरे र उनको प्रतिक्रिया कुरिरहे । उनी रिसाइरहेका थिए । उनले भन्नलाई केही शब्द भेटेनन् । त्यो प्रश्न कक्षाकोठामा असजिलो तरिकाले सकियो ।‘मैले मेरो शिक्षिकाले विद्यार्थीलाई गाली गर्नुहोला कि भनेर पर्खिरहेको थिएँ तर उहाँले केही प्रतिक्रिया दिनुभएन । उहाँ चुपचाप त्यहीँ बसिरहनुभयो । उहाँले केहीबेरमा उठेर कक्षा सुरु गर्न थाल्नुभयो । म चुप लागेर बसेँ, मलाई थाहै थिएन म के गरौँ ?’

सन् २०१४ को राष्ट्रिय चुनावी अभियानपछि धेरै गल्ती नहुने परिवर्तन आएको अरिफा बताउँछिन् । ‘मानिसहरू मुस्लिमलाई अर्कै अनुहार बनाएर हेर्ने गरेको उनले अनुभव गरेकी छन् । यो उनको छोराहरूको स्कुलमा समेत हुने गरेको छ । मुस्लिम भनेर होच्याउने र हेप्ने गर्थे । अहिले भने परिवर्तन आएको छ । जब कोही मुस्लिम विद्यार्थीलाई खिसी गरिन्छ, यो सीधै धर्मसँग जोडिन जान्छ । उसलाई अहिले बग्दादी, बंगलादेशी, पाकिस्तानी वा सजिलोसँग एक आतंककारी भनिन्छ । सबैले बोल्नका लागि समाचार च्यानलमा प्रयोग हुने भाषाबाट शब्द सापटी लिइएका छन् ।’

सन् १९९० देखि त्यस्ता शब्द प्रयोग गरिएका थिए । तर, गएको पाँच वर्षयता त्यसको शैली र ओज परिवर्तन भएको छ । पहिले प्रतिक्रिया त्यति हानिकारक थिएनन् । त्यतिबेला ती धेरै पनि प्रयोग हुँदैनथे । अहिले भने ती मजाकभन्दा पनि वैरभाव दर्शाउने खालका छन् ।

तिनीहरूको प्रयोग बढेको भए पनि अहिले हाँसोका लागि प्रयोग हुन थालेका छन् । यसले मुस्लिमलाई कति गहिराइसम्म आतंकवादसँग जोडेर हेर्ने गरिएको छ भन्ने देखाउँछ । अहिले अवस्था फरक छ र सम्भावित परिवर्तन पनि छन् । तर, पछिल्लो १५ वर्षमा मुस्लिमको नामबाट हुने आतंकवाद पनि ह्वात्तै बढेको छ । संसारभर दाबी गरिएका आतंकवादी हमलाबाट मृत्यु हुनेमध्ये ९५ प्रतिशत मृत्युको कारण आइएसआइएल (वा आइएसआइएस) छ ।

पछिल्लो समय भारतलगायत केही मुलुकमा हिन्दूवाद पनि बढेको छ । यिनीहरूले मुस्लिमलाई घुसपैठ गर्ने, आक्रमण गर्ने र अन्तर्राष्ट्रिय र राष्ट्रिय सुरक्षाका लागि खतराका रूपमा चित्रण गरेका छन् । देशका धेरै मानिससँग मैले गरेको कुराकानीका आधारमा हामीले यो कुरा हाम्रो देशका बालबालिकासम्म पु¥याइसकेका छौँ भन्ने देखाएको छ ।अरिफाको जेठा छोरा राफत र उनका साथीबीच उनी १७ वर्षको हुँदा झगडा परेको थियो । त्यतिबेला उनलाई साथीहरूले आतंकवादी भनेका थिए ।

अरिफालाई स्कुलका आमाहरूको नाम वाला ह्वाट्सएप ग्रुपबाट तत्काल स्कुलमा बोलाइएको थियो । ‘तिम्रो छोराले मेरो बच्चालाई नामले बोलायो । मोटे पनि भन्छ,’ ती आमाले त्यति मात्र भन्न सकिन् ।
‘उनले खासमा आफ्नो छोराको गल्ती ढाकछोप गर्दै ‘मोटे’ भन्ने शब्दलाई आंतकवादी हो भनिरहेकी थिइन् । मलाई केही भन्नुथिएन । बच्चाहरू लामो समयदेखि एकअर्काका साथी हुन्,’ अरिफा टाउको हल्लाउँदै भन्छिन्, ‘उनले त्यो विषय क्लास टिचरसम्म पुर्याइन् । क्लास टिचरले केही भनिनन् र अभिभावकसँग कुरा गर्ने बताइन् । यस्तो अवस्था बारम्बार दोहोरिरह्यो । त्यसपछि मेरो छोराले स्कुलका अधिकारीसँग उजुरी गराउन पनि मानेन,’ अरिफाले भनिन् ।

अहिले दाजुभाइ हुर्किसके तर उनीहरू संवेदनशील छन् । अहिले उनीहरू आफूलाई होच्याउँदा पनि सामना गर्न सक्ने भएका छन् । तर मलाई आएर कहिल्यै कुरा लगाउँदैनन् ।गाली–गलौजको सिलसिला र अरुले होच्याउँदा कहिलेकाहीँ स्कुलबस र प्ले–ग्राउन्डमा झगडामा पनि रूपान्तरण भयो । अरिफा आफ्नो अधिकारका लागि आवाज उठाउने महिला हुन् तर यस्तो घटनामा भने उनी मौन रहन्छिन् । ‘राजनीतिक अवस्थाका कारण पनि म छोराहरूलाई झगडा नगर भन्छु,’ अरिफा दुःख पोख्छिन्, ‘कुन बेला कुरा कहाँ पुग्छ, थाहा छैन ।’

राफत भने आफ्नी आमाको कुरामा असहमति जनाउँछन् । ‘उनीहरूलाई हामी आतंकवादी हौँ भन्ने लाग्छ भने हामी के गर्न सक्छौँ भनेर देखाउनेछौँ । उनीहरूले हामीलाई कसरी आतंकवादी भन्न सक्छन् ? जब–जब आतंकवादी हमला हुन्छ, मेरा कक्षाका साथीहरूले मलाई ‘यो तैँले के गराएको भनेर खिल्ली उडाउँछन् । मानौँ यसको जिम्मेवार मैँ हुँ ।’

मैले राफतलाई ‘तिमी किन झगडा गर्न जान्छौ, यो कुरा त स्कुल अधिकारीहरूलाई गएर पनि त भन्न सक्छौ नि,’ भनेर सोधेँ । उनको जवाफ थियो, ‘स्कुल अधिकारीहरूलाई गएर भन्नुमा कुनै तुक छैन । उनीहरूले चाहन्थे भने हामीले यस्तो भोग्नुपर्दैनथ्यो,’ मुख निन्याउरो पार्दै उनले भने ।
उनीहरूले आफ्नो घरमा यस्तै सुन्छन्, जसले गर्दा होच्याउने घटना दोहोरिरहन्छन् । हाम्रो कुराकानी अरुको घृणा र सचेतनामा बाँधिएको हुन्छ । बालबालिकाले उनीहरूको शब्दमा यस्ता कुरा आउनु भनेको प्राकृतिक नै हो ।

अरिफा भन्छिन्, ‘यस्ता प्रतिक्रियालाई बेवास्ता गर्न म आफ्ना छोराहरूलाई सुझाव दिन्छु । किनभने, उनीहरू बसमा सँगै यात्रा गर्नुपर्छ र सँगै पढ्नुपर्छ । उनीहरूसँग दुश्मनी गरेर बाँच्न सम्भव नै छैन । यसले उनीहरूलाई समूहबाट टाढा पुर्याउँछ र एक्लो बनाउँछ ।’

अरिफाको भनाइले मैले ११ वर्षीया माजलाई सम्झिएँ । उनी नेसनल क्यापिटल रिजन (एनसिआर) मा रहेको दिल्ली पब्लिक स्कुलको एक शाखामा कक्षा ६ मा पढ्छन् । उनको बुवा र आमाको धर्म अलग हो । आफ्नो मुस्लिम थरले गर्दा उनी कसरी समाजमा बहिस्कार पारिएका थिए भन्ने उनले मलाई भनेका छन् । उनको कक्षामा उनलाई प्रायः आतंकवादी भनेर बोलाउँछन् । उनीसँग कोही खेल्न समेत मान्दैनन् । ‘उनीहरू सबै एकआपसमा  खेल्छन् तर मलाई खेलाउँदैनन्,’ उनले निराश हुँदै भने, ‘म खाजा खाने विश्रामका बेला मुस्लिम केटी साथीसँग बस्छु । उनका केही साथी भने मसँग राम्रोसँग बोल्छन् । मेरा त कोही साथी पनि छैनन्,’ उनी भन्छन् ।

यो लडाइँ पहिलेदेखि नै सुरु भएको हो । ‘मेरो साढे ६ वर्षको बच्चा एकपटक मुस्लिम भएकै कारण स्कुलमा पिटिएको थियो,’ जरिन सिद्धिकी भन्छिन् । उनकी छोरी समाइरा नोयडाको अन्तर्राष्ट्रिय स्तरको स्कुलमा पढ्छिन् । सँगै बसेको एक विद्यार्थीले एक दिन ‘के तिमी मुस्लिम हो ?’ भनेर सोधे, समाइराले ‘हो’ भन्दै टाउको हल्लाइन् । त्यसपछि ती बालकले ‘आई हेट मुस्लिम’ अर्थात् म मुस्लिमलाई घृणा गर्छु भन्दै समाइरालाई कुट्न थाले । जारिनको छोरीले यसबारे केही दिनअघि मात्रै मुख खोलिन् । ‘मलाई एकदमै अचम्म  लाग्यो  र मैले क्लास टिचरलाई तत्काल फोन गरेर सोधेँ,’ जारिनले भनिन्, ‘क्लास टिचरले दुईवटा शब्दको उत्तर दिइन्– यस्तो भइरहन्छ ।’

नाजिया इरमको पुस्तक ‘मदरिङ अ मुस्लिम’ को अंश । पुस्तकले  मुस्लिम बालबालिकालाई उनीहरूका सहपाठी र शिक्षकले आतंककारी भन्दै फरक व्यवहार गरेको प्रशस्त उदाहरण देखाएको छ ।
(स्क्रोल डट इनबाट शिक्षा रिसालले गरेको भावानुवाद)

 

प्रकाशित: ६ माघ २०७४ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App