coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

महानिद्रा

भीष्म उप्रेती
कृपया शान्त भइदिनुस्
हल्ला नगर्नुस् अलिकति पनि
म भर्खर महानिद्रामा सुतेको छु ।

सेतै फुलेको
पिताजस्तो हिमालले बोलाएर आएको थिएँ
उभिएर सबैभन्दा उचाइमा
संसारलाई एउटा आवाज दिन चाहन्थेँ
नयाँ दृष्टि दिन चाहन्थेँ
अँध्यारो अहं र भ्रमहरूलाई कुल्चेर
मान्छेलाई परमानन्द र शान्तिको
नयाँ गीत सुनाउन चाहन्थेँ ।

म लाक्पा दोर्जी शेर्पा
म बाबुछिरी
म पासाङ ल्हामु,
म दोर्जी खत्री,
म ट्रेभोर इरिक स्ट्रोकोर
म सोङ वोन बिन
म...
म...
म...
हिमालले प्रेमपूर्वक बिच्छ्याइदिएको काखमा
पल्टेको मात्र छु
अलिअलि थाकेको पनि छु
मलाई निदाउनु छ शताब्दी लामो निद्रा ।

कृपया शान्त भइदिनुस्
म भर्खर महानिद्रामा सुतेको छु ।

प्रकाशित: ६ माघ २०७४ ०३:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App