८ वैशाख २०८१ शनिबार
खेल

आर्मीको शतप्रतिशत नतिजा

काठमाडौं – राखेप च्याम्पियनसिपअन्तर्गत दोस्रो राष्ट्रिय महिला हकी प्रतियोगिताको उपाधिका लागि शनिबार त्रिभुवन आर्मी क्लब र मध्यमाञ्चलले प्रतिस्पर्धा गर्ने भएका छन्। 

राउन्ड रोबिन लिगको अन्तिम दिन आर्मीले पश्चिमाञ्चललाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गर्दा नेरिता बस्नेतको गोलमा मध्यमाञ्चलले साबिक विजेता सुदूरपश्चिमाञ्चललाई १–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। 

लिगमा आर्मी शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। ५ टोली सहभागी प्रतियोगितामा शतप्रतिशत नतिजा निकाल्दै आर्मीले १२ अंक बटुल्यो। दोस्रो स्थानमा रहेको मध्याञ्चलले ७ अंक जोड्यो। पश्चिमाञ्चलले समान ७ अंक जोडे पनि गोलअन्तरमा पछि प¥यो। पश्चिमाञ्चलले अब चौथो स्थानको सुदूर पश्चिमसँग  कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछ।

१७औं राष्ट्रिय पुरुष हकी प्रतियोगितामा पश्चिमाञ्चलले कांस्य पदक जित्यो। पश्चिमाञ्चलले पूर्वाञ्चललाई सडन डेथमा पाखा लगायो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो।
त्रिभुवन आर्मी क्लब र सुदूर पश्चिमाञ्चलले बिहीबारै फाइनलमा स्थान पक्का गरिसकेका छन्।  

 

 

प्रकाशित: ६ माघ २०७४ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App