coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किताबमा संसार खोज्दै कैदीबन्दी

लमजुङ – कर्तव्यज्यान मुद्धाको कसुरमा जिल्ला कारागारमा जेल सँजाय भोग्दै आएका बुद्धिराम दराईका आँखाहरु अचेल कुनै न कुनै किताबमा टाँसिईरहेका हुन्छन्। हिउँदको चिसो मौसममा अग्लो पर्खाल छिचोलेर कारागारको मैदानमा आईपुगेको पहारिलो घाममा आँङ सेकाएर किताबमा डुब्नुको मज्जै बेग्लै। दराई मात्रै कहाँ हो र कर्तव्यज्यानकै कसुरमै सजाँय भोग्दै आएका राममणि रेग्मी, पुपक्र्षका लागि कारागारमा रहेका सन्तोष शाही, शुभाष केसी, जनकदत्त जमरकट्टेल, शंकर मिजार, शेखर शाही लगायतका थुप्रै कैदी र वन्दीहरु आजकल कुनै न कुनै किताब वा पत्रपत्रिका पढिरहेका हुन्छन्।

पछिल्लो समय विभिन्न कसुरमा जिल्ला कारागारमा कैद सजायँ भोग्दै आएका कैदी र विभिन्न मुद्धामा पुर्पक्षका लागि कारागारमा रहेका वन्दीहरुमा अध्ययन गर्ने प्रवृत्ति बढ्दै गएको छ। विभिन्न संघसंस्थाको सहयोगमा कारागारमा पुस्तकालय स्थापना गर्नुको साथै टेलिभिजन सेट उपलब्ध गराएपछि उनीहरुमा पुस्तक, पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने चाहना बढेको निमित्त कारागार प्रमुख रमेश विक बताउँछन्।

उनीहरुले देशको राजनीतिसँगै विकास निर्माण, सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, मनोरञ्जन लगायतका क्षेत्रमा भए गरेका परिवर्तन र प्रगतिका बारे बुझ्न उपलव्ध भएसम्मका पत्रपत्रिका पढ्ने र टेलिभिजन हेर्ने गरेको विकले बताए। सदरमुकामस्थित लक्ष्मी नारायण सामुदायिक पुस्तकालयले कारागारमा घुम्ती पुस्तकालयको व्यवस्था मिलाई दिएको यसअघि कारागार प्रमुख समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए। त्यस्तै, पूर्व सांसद टुकाभद्र हमालले आफ्नो कार्यकालमा ३२ ईञ्चको एलईडी टेलिभिजन दिएको र केही साताअघि रोट्रयाक्ट क्लवअफ लमजुङको समन्वयमा एशिया फाउण्डेशनले थप पुस्तक पनि उपलब्ध गराएको छ।

कारागारमा पढ्ने र टेलिभिजन हेर्ने सुविधा भएसँगै कैदीवन्दीहरुमा पत्रपत्रिका तथा किताब पढ्ने बानीको विकास भएको कारागारका चौकीदार शुभाष केसीले बताए। ‘पहिले कितावहरु पनि खासै थिएनन्, त्यतिबेला भन्दा अहिले किताब धेरै छन्,’ केसी भन्छन्, ‘पत्रपत्रिका र किताब धेरै भएकाले पनि होला साथीहरुको पढ्ने बानी बढेको छ।’ पछिल्लो समय कैदीवन्दीले ऋग्वेद, कायाकल्प, लू, लि क्वान यु, माङ्गेना, लाटो पहाड, उर्गेनको घोडा, पल्पसा क्याफे, सकस, कर्म, सोंच, खोज, स्टिभ जब्स, मान्छेको रंग, सेतो धरती जस्ता उपन्यास, धार्मिक पुस्तक, समसामयिक सन्दर्भ, साहित्यिक, उत्पे्ररणामूलक, यात्रा संस्मरण, सफलताका कथा जस्ता किताब र नेपाल, हिमाल, मधुपर्क, जनमत जस्ता पत्रिकाहरु उनीहरुले पढ्दै आएको वन्दी सन्तोष शाहीले बताए।

कारागारमै विभिन्न खालका किताब र पत्रपत्रिका पढ्ने व्यवस्था भएसँगै आफूलाई निकै खुशी लागेको बन्दी जनकदत्त जमरकट्टेलले बताए। नयाँ–नयाँ विषयवस्तुको अध्ययनले आफुहरुलाई मानसिक तनाव कम हुने, जेल जीवननै बिताउँदै गर्दा पनि नयाँ कुरा सिक्न र जान्न पाईने भएकाले खुशी लागेको उनी बताउँछन्। किताबहरु पढ्दै जाँदा अन्य कैदीवन्दीमा समेत अध्ययनप्रतिको भोक जाग्दै जाने र विस्तारै पढ्ने बानीको विकास हुँदै आएको कैदीवन्दीहरु बताउँछन्।

घुम्ती पुस्तकालयमा उनीहरुले पढ्न चाहेकै किताबहरु उपलव्ध गराईने र केही समयपछि ति पुस्तक सामुदायिक पुस्तकालयमा ल्याएर पुनःउनीहरुकै रोजाई अनुसारका किताबहरु कारागारमा पढाईने गरेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नारायणबहादुर सुँयेल बताउँछन्। विभिन्न कसुरमा कारागार आईपुगेका कैदीबन्दीमा सकरात्मक सोंचको विकास गर्न र सजायँ भोगेर समाजमै फर्किएर पुनःकेही योगदान दिने उत्प्रेरणा र उर्जा जगाउन पुस्तक र पत्रपत्रिकाले सहयोग पु¥याउने कारागार अवलोकन गरेका जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए।

प्रकाशित: ६ माघ २०७४ १३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App