६ वैशाख २०८१ बिहीबार
कला

'कहर र मिडिया' एन्ड्रोइड र अाइअाेएस एप्समा उपलब्ध

स्मार्टफोनमा क्लिक गरेर डिजिटल भर्सन लोकार्पण गर्दै लेखकद्वय नेपल र सापकोटा। बीचमा वी रिड सिइअाे राजीवधर जाेशी। तस्विरः नागरिकन्युज

काठमाडौं— बरिष्ठ पत्रकार किशोर नेपालको मिडिया: सिद्धान्त, सुत्र र प्रयोग तथा जनकराज सापकोटाको कथा संग्रह कहर वी रिड नामक एन्ड्रोइड तथा आइओएस एप्समा उपलब्ध भएको छ। बिहीबार आयोजित एक कार्यक्रममा दुवै पुस्तकका लेखहरुले डिजिटल भर्सन लोकार्पण गरे।

मिडिया : सिद्धान्त, सुत्र र प्रयोगका लेखक बरिष्ठ पत्रकार किशोर नेपालले सर्वसुलभ इन्टरनेट नभइसकेको नेपालमा पुस्तकलाई एप्समा उपलब्ध गराउनु सह्रायिन कार्य भएको उल्लेख गरे। आफूले भोगेका विषयवस्तु पुस्तकमा समेटेको उनले सुनाए।

कहरका लेखक जनकराज सापकोटाले पुस्तकको विषयवस्तु वैदेशिक रोजगारीको अँध्यारो पाटो रहेको उल्लेख गरे। विदेशमा काम गर्न गएका अधिकांश आँसु बगाएर बसेको देशमा वैदेशिक रोजगारीका सफलताका कथा हुन नसक्ने उनले सुनाए। ‘सफलता असफलता भनेर देशको वास्तविकतालाई संविधान जस्तो सन्तुलित बनाराख्नु पर्दैन। जे स्थिति छ त्यही लेखेको छु’, उनले भने।

एप्समा उपलब्ध हुँदा पुस्तक धेरै पाठक माझ पुग्ने उनले सुनाए।

कथालय प्रकाशन तथा वी रिडका प्रमुख कार्यकारी अधिकृत राजीवधर जोशीले पठन संस्कृति फैलाउन एप्सको थालनी गरेको बताए।  एप्समा राखेका पुस्तक विश्वभरिका नेपालीले डाउनलोड गरेर पढ्न सक्ने उनले बताए। डिजिटलमा प्रिन्ट भर्सनभन्दा पुस्तकको मूल्य ५० रुपैयाँ थोरै राखिएको उनले बताए।

‘नेपाली साहित्यलाई विश्वव्यापी बनाउन यो एउटा साझा प्लाटफर्म हो। अहिले वी रीडमा ९ वटा प्रकाशनका ३ सयभन्दा बढी पुस्तक भइसकेका छन्’, जोशीले भने।

एन्ड्रोइड र आइओएस अपरेटिङ सिस्टम भएका स्मार्टफोन तथा अन्य डिभाइसमा वी रिड डाउनलोड गर्न सकिन्छ। आफ्नो डिभाइसमा वी रीड एप्स डाउनलोड भइसकेपछि त्यहाँबाट पुस्तक डाउनलोड गर्न सकिनेछ।

प्रकाशित: २७ श्रावण २०७३ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App