७ वैशाख २०८१ शुक्रबार
अर्थ

मृतक परिवारलाई बिमावापतको रकम

मृतक परिवारलाई बिमा रकम हस्तान्तरण गर्दै प्रजिअ एकदेव अधिकारी । तस्बिर: नागरिक

खोटाङ – खोटाङमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन्।

१५ वर्षे सुखी जीवन बिमा गरेका रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल माटिकोरेका निरबहादुर कार्कीको परिवारलाई एसियन लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दिक्तेलले तीन लाख ३९ हजार सात सय ७० रुपैयाँ प्रदान गरेको हो।

बिमा गरेको दुई वर्षपछि मृत्यु भएका कार्की परिवारलाई शनिबार दिक्तेलको समिक्षालय हलमा आयोजित कार्यक्रममा घरदैलो मृत्यु दाबी अन्तर्गत रकम प्रदान गरिएको बिमा कम्पनीले जनाएको छ । कम्पनीले प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीको हातबाट मृतककी श्रीमती साबित्रादेवी कार्कीलाई रकम प्रदान गरेका हुन्।

२०७२ असोजमा जीवन बिमा गरेका कार्कीको गत वैशाख ८ गते कालगतीले मृत्यु भएपछि बिमा रकम प्रदान गरिएको इन्स्योरेन्स कम्पनी उपशाखा खोटाङले जानकारी दिएको छ।

 

प्रकाशित: ७ माघ २०७४ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App