६ वैशाख २०८१ बिहीबार
अर्थ

६० लाख आम्दानी

चितवन – पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनले पर्यापर्यटनबाट ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । सौराहा नजिकै रहेको उक्त सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । पर्यटकले सौराहामा पाउने सुविधा उक्त वनमा समेत पाउँदै आएका छन्।

आम्दानीको स्रोत हात्ती सफारी, जिप सफारी, डुंगा सयर, मचानलगायत हो । उक्त सामुदायिक वनले एक वर्षमा पर्यापर्यटनबाट ५९ लाख ९६ हजार आम्दानी गरेको सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए । गएको एक वर्षमा जिप सफारीबाट मात्रै वनले ३० लाख ५१ हजार आम्दानी गरेको छ । हाल कुमरोज सामुदायिक वनमा दैनिक ३० वटा जिप सञ्चालनमा छन् । जिपमा बसेर जंगली जनावर गैंडा, बाघ, भालु हात्ती अवलोकन गर्न यहाँ पर्यटक आउँछन्।

जिप प्रवेशबापत सामुदायिक वनले प्रतिजिप पाँच सय रुपैयाँ लिने गरेको छ भने नेपाली पर्यटकलाई प्रतिव्यक्ति ५०, भारतीयलाई एक् सय र अन्य विदेशीलाई दुई सय रुपैयाँ लिने गरेको कुमरोज सामुदायिक वनका अध्यक्ष हीराबहादुर गुरुङले जानकारी दिए।
हात्ती प्रवेश टिकट बिक्रीबाट १३ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको वनका अध्यक्ष गुरुङले बताए । डुंगा सवारबाट सात लाख ४८ हजार, मचान टिकट बिक्री विदेशीबाट पाँच लाख ३१ हजार, सोही शीर्षकमा नेपाली पर्यटकबाट ९४ हजार रुपैयाँ आम्दानी भएको छ । कुमरोज वनमा एउटा काठ र अर्को क्रंकिटको मचान छ।

यस्तै आन्तरिक पर्यटक प्रवेश शुल्कबापत एक लाख ४५ हजार, गिट्टी बालुवा बिक्रीबाट ६ लाख तीन हजार आम्दानी भएको छ । आर्थिक प्रतिवेदनअनुसार आव २०७३÷७४ मा यस वनले ६९ लाख १९ हजार आम्दानी गरेको वनले जनाएको छ।  (रासस)

 

प्रकाशित: ७ माघ २०७४ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App