६ वैशाख २०८१ बिहीबार
खेल

प्रिमियर लिगमा शिर्ष स्थानका क्लवहरु विजयी

लण्डन – इङलिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानका क्लवहरु म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, चेल्सी र आर्सनल विजयी भएका छन् ।

लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा शिर्ष स्थानको म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । सिटीको जितमा सर्जियो अग्युइरो ३४, ६३ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए। पराजित टोली लागि खेलको ६७ औं मिनेटमा मुर्फीले गोल गरे ।

त्यसैगरी लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले बर्नलेलाई सर्घषपुर्ण खेलमा १–० ले हरायो। युनाइटेडको जितमा खेलको ५४ औं मिनेटमा एन्थोनी मार्शलले गरेको गोलनै जितका लागि महत्वपूर्ण बन्यो।

त्यस्तै लिगको तेस्रो स्थानमा रहेको चेल्सीले ब्राइटनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ। चेल्सीका लागि इडेन हजार्डले खेलको ३ र ७७ औं मिनेटमा गरी २ गोल तथा छैटौं मिनेटमा विलियन र ८९ औं मिनेटमा भेक्टर मोइसले १–१ गोलको योगदान दिएका थिए । 

रातिनै सम्पन्न अर्को खेलमा लिगको छैटौं स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले स्तब्ध पारेको छ । आर्सनलका जितमा खेलको छैटौं मिनेटमा नाचो मोनरियल, १० औं मिनेटमा एलेक्स इवोबी, १३ औं मिनेटमा लोरेन्ट कोशिएल्नी र २२ औं मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेका थिए। पराजित टोलीका लागि ७८ औँ मिनेटमा मिलिवोजेविकले एक गोल फर्काएका थिए।  क्रिस्टल प्यालेससँगको खेलमा आर्सनलले २२ मिनेटभित्रै ४ गोल गरेको थियो।

यता अर्को खेलमा लेष्टर सिटीले वार्डफोर्डलाई २–० ले हरायो । उसका लागि जेमी भार्डीले पेनाल्टीमार्फद ३९ औं र रियाद महारेजले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

रातिनै सम्पन्न अन्य खेलमा स्टोक सिटीले हडल्सफिल्डलाई २–० ले पराजित गर्दा एभर्टन र वेस्टब्रोम तथा वेस्टह्याम युनाइटेड र बर्नमाउथले भने १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन्।

शनिबार राति सम्पन्न खेलमा विजयी भएसँगै शिर्ष स्थानको म्यानचेष्टर सिटीको २४ खेलबाट ६५ अंक भएको छ। त्यस्तै दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडको समान खेलबाट ५३ अंक छ। सिटी र युनाइटेडसँगको अंकदुरी १२ छ। तेस्रो स्थानको चेल्सीको ५०, चौथौं स्थानको लिभरपुलको ४७, पाँचौ स्थानको टोटनह्यामको ४४,छैटौं स्थानको आर्सनलको ४२ र सातौ स्थानको लेसेष्टर सिटीको ३४ अंक छ ।  
लिगअन्तर्गत आज राति हुने एकमात्र खेलमा साउथ ह्याम्पटन र टोटनह्याम भिड्दै छन् ।

 

प्रकाशित: ७ माघ २०७४ ०५:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App