७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश २ मा चार भाषामा सपथ (भिडियाे)

जनकपुर –  प्रदेश नम्बर २का प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेका छन् । प्रदेश मुकाम जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा १०७ सांसदले सपथ ग्रहण गरेका हुन्।

सुरुमा ज्येष्ठ सदस्य लगनलाल चौधरीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका थिए । त्यसपछि जेष्ठ सदस्य चौधरीले प्रदेशसभा अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए।

सपथ ग्रहण चार भाषामा भएको थियो। जेष्ठ सदस्य चौधरीले नेपाली भाषमा सपथ ग्रहण गरेपनि अन्य सदस्यहरूले नेपालीमा नलिने भन्दै हिन्दी र मैथली र भोजपुरीमा सपथ ग्रहण गरेका थिए।  

जेष्ठ सदस्य चौधरीसँगै २४ जनाले नेपालीमा, राजपाका सांसद रामनरेश राय यादवलगायत ११ जनाले  हिन्दीमा, रौतहटका प्रदेशसमा सदस्य योगेन्द्र यादवलगायत २५ जनाले भोजपुरीमा र महोत्तरीकी प्रदेशसभा सदस्य अल्का झालगायत ४७ जनाले मैथली भाषामा सपथ ग्रहण गरेका थिए।

भिडियाे : मदन ठाकुर

प्रकाशित: ७ माघ २०७४ ०६:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App