coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दीपक मनाङे सपथमा आएनन्

पोखरा- प्रदेश नं ४ को प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) सपथ लिन आएनन्। प्रदेश सभामा ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले आज पोखरामा पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए। यस्तै तनहुँ क्षेत्र नम्बर २ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य रामबहादुर गुरुङ सपथ लिनबाट छुटेका छन्। उनी सपथ कार्यक्रममा आउन ढिलो भएपछि छुटेका हुन्।

दीपक मनाङेलाई कर्तव्य ज्यान मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला सर्वोच्चले सदर गरेको थियो। उनलाई अदालतले पाँच वर्षको कैद सजाँय तोकेको छ।

प्रदेश प्रमुखको कार्यालय पार्दी पोखरामा प्रदेश प्रमुख बाबुराम कुँवरले जेष्ठ सदस्य श्रेष्ठलाई र श्रेष्ठले अन्य सदस्यहरुलाई शपथ गराएका थिए।

प्रदेश ४ मा प्रत्यक्षतर्फ ३६ र समानुपातिकका २४ जना प्रदेश सभा सदस्य छन्।

 

प्रकाशित: ७ माघ २०७४ ०७:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App