८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

आर्थिक लाभ लिएको भन्दै ‘आप’का २० सांसदको पद खारेज

नयाँदिल्ली – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको आम आद्मी पार्टी (आप)का २० सांसद (विधायक) अयोग्य ठहर भएका छन्।

समाचार संस्था पिटिआईका अनुसार आर्थिक लाभ लिएको भन्दै भारतको निर्वाचन आयोगले दुई दिनअघि २० सांसदलाई पदमा बस्न अयोग्य ठहर गर्दै प्रस्ताव राष्ट्रपतिसमक्ष पठाएको थियो। अयोगको प्रस्तावलाई राष्ट्रपति रामनाथ कोविन्दले आइतबार स्वीकृत गरेपछि आपका २० सांसदको पद गएको हो।

उनीहरु सबै जना दिल्लीका मुख्यमन्त्री केजरीवालले संसद सचिवालयमा नियुक्त गरेका सांसद भएको बताइएको छ। दिल्ली संसदका सदस्य रहेका उनीहरुको पद खारेज भएसँगै आम आदमी पार्टीको सरकारलाई चुनौती थपिएको छ। दिल्ली संसदका ७० जना सांसदमध्ये आम आद्मी पार्टीका मात्रै ६५ जना सांसद रहेका छन्।

अयोग्यताका कारण कारबाहीमा परेर २० सांसद पद खाली भएपछि उनीहरुको ठाँउमा ६ महिना भित्रमा निर्वाचन मार्फत् पद पुरा गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित: ७ माघ २०७४ १०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App