६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले र माओवादी एकता संयोजन समितिको बैठक वालकोटमा

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकता संयोजन समितिको बैठक बसिरहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमाले र माओवादीका नेताहरुले एकताको विषयमा छलफल गरिरहेका छन्।

यस अघि शनिबार अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबी छलफल भएको थियो। राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेज र पद बाँडफाँटको विषयमा बैठकमा छलफल हुने छ।

यस अघि संयुक्त कार्यदलले राष्ट्रियसभाका लागि १३ सिट अन्य दलका लागि राखेर ४३ सिटमा उम्मेदवारी दिने सहमति गरेको थियो। जसमा एमालेलाई २९ र माओवादीलाई १४ गरी ४३ सिट वाम गठबन्धनका पक्षमा राख्ने गरी भागबन्डा टुंग्याएको थियो। कार्यदलको रिपोर्टलाई संयोजन समितिले अन्तिमरुप दिने छ।

 

प्रकाशित: ७ माघ २०७४ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App