coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाको चुनावसम्म पार्टी एकता भइसक्छः नेता बस्नेत

काठमाडौं – नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतले तत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने बताएका छन्।

पूर्व गृहमन्त्री समेत रहेका नेता बस्नेतले आइतबार रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको र दुवै पार्टीको वैचारिक पक्षका सकारात्मक कुरालाई समेटेर नयाँ पार्टी बनाइने बताए। पार्टी एकता गरेर नयाँ सरकार गठनको प्रक्रियामा जाने उनको भनाई थियो।

राष्ट्रियसभाको चुनाव सम्पन्न हुँदासम्म पार्टी एकता हुने दाबी गर्दै उनले फागुनको दोस्रो हप्ता एकीकृत पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरे। पार्टी एकता संयोजन समितिले सम्मानजनक तरिकाले कार्यविभाजन गरेर एकता प्रक्रिया टुङ्ग्याउने बस्नेतको भनाई छ।

राष्ट्रियसभा चुनावका लागि कतिपय व्यवहारिक पक्षलाई हेरेर तालमेल गरिएकाले माओवादी ३३ प्रतिशतमा खुम्चिएको बताउँदै बस्नेतले भने– ‘जनताको अपेक्षा र आफूहरुले गरेको प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छौँ। देशको हितलाई केन्द्रमा राखेर अगाडि बढेका हौँ।’ २००७ सालदेखि अहिलेसम्म कुनै पनि सरकार पाँच वर्ष टिक्न नसकेकाले जनताले वाम गठबन्धनलाई स्थिर सरकार विकासका लागि म्यान्डेट दिएको उनको भनाई थियो।

प्रकाशित: ७ माघ २०७४ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App