आस्थाको केन्द्र धर्मशीला बौद्ध विहार

आइतबार, ०७ माघ २०७४, १९ : ३४ आनन्दराज मुल्मी


विश्वभर रहेका झण्डै साढे सात अर्ब मानिस आआफ्नो संस्कृति, धर्म र आस्थामा विश्वास राख्ने गर्दछन्। सभ्यताको विकास सँगसँगै परापूर्वकालदेखि राख्दै आएको यो आस्था र निष्ठा प्रत्येक मानिसका लागि एकआपसमा सद्भाव, सहिष्णुता, समन्वयका लागि प्रमुख कडीको रूपमा रही आएको पाउँछौं । तर पछिल्लो गतिविधि धर्मलाई अतिवादतर्फ लैजाने र धर्म परिवर्तन गर्ने गराउने काममा उन्मुख रहेको पाइन्छ। धर्मकै नाममा सभ्यतालाई चुनौती दिने, सभ्यता र संस्कृतिका धरोहरलाई नष्ट गर्ने काम पनि गरेको पाइन्छ । यो विश्वका लागि चुनौतीपूर्ण बन्दै गएको छ– समयमा नै ध्यान पु¥याउन जरुरी छ ।

अहिले विश्वभर बसोबास गरिरहेका मानिसको सङ्ख्या झण्डै साढे सात अर्ब रहेको पाइन्छ । विभिन्न महाद्विपमा रहेका २०० भन्दा बढी मुलुकमा रहेका यी मानिस पनि भिन्नभिन्न संस्कृति, सभ्यता र धर्मसँग आबद्ध छन् भने कैयन मानिस धर्मसँग असम्बन्धित वा नास्तिकको रूपमा रहेका छन् । इथोपिया, घाना, इन्डोनेसिया, युगान्डा, पाकिस्तान, सेनेगल आदि मुलुकका बासिन्दामध्ये ९८ प्रतिशतदेखि ९० प्रतिशतसम्म धर्मप्रति बढी केन्द्रित रहेको पाउँछौं भने फिलिपिन्स, नाइजेरिया, मलेसिया, केन्या, भारत आदि मुलुकका ८७ प्रतिशतदेखि ८० प्रतिशत मानिस धर्मप्रति बढी चासो राख्दछन् जबकि टर्की, ब्राजिल, दक्षिण अफ्रिका, पेरु, लेबनानका वासिन्दा ७४ प्रतिशतदेखि ६० प्रतिशतजति धर्मप्रति जागरुक छन् त्यस्तै अमेरिका ५३ प्रतिशत, भेनेजुयला ४२ प्रतिशत, इजरायल, मेक्सिको अर्जेन्टिनाजस्ता मुलुकका वासिन्दा ३४ प्रतिशत मात्र धर्मप्रति चासो लिन्छन् भने जापानका ११ प्रतिशत र चीनका ३ प्रतिशतमात्र धर्मका विषयमा जागरुकता पाइने गरेको अध्ययनले देखाएको छ । चीन विश्वको सबैभन्दा बढी मानिस बसोबास गरेको मुलुक हो र अधिकांश मानिस नास्तिक वा कुनै धर्म अवलम्बन नगरेको पाइन्छ र ३ प्रतिशत जनताले मात्र विभिन्न किसिमका धर्म अँगालेको पाइएको छ ।

अहिले विश्वमा झण्डै २ अर्ब २२ करोड मानिसले इसाई धर्म अँगालेका छन् । इसाई धर्म पनि अरू धर्मजस्तै विभिन्न सम्प्रदायमा बाँडिएको छ । त्यस्तै इस्लाम धर्म मान्नेको सङ्ख्या १ अर्ब ६५ करोड पुगेको छ भने हिन्दू धर्म अँगालेका मानिसको सङ्ख्या १ अर्ब ५ करोड जति पाइएको छ । बौद्ध धर्म स्वीकार गर्नेको सङ्ख्या ४९ करोड, परम्परागत आफ्नै धर्म अँगाल्ने ४५ करोड, यहुदी, बोन, बहाई मान्ने १÷१ करोड पुगेको छ भने धर्म नमान्नेको सङ्ख्या १ अर्ब १६ करोड जति रहेको छ । यही गतिमा जाने हो भने यो वृद्धि दर इसाई धर्म ३१ प्रतिशत, इस्लाम ३० प्रतिशत, हिन्दू १४ प्रतिशत, परम्परागत ६ प्रतिशत, बुद्ध धर्मको वृद्धि नभई कम झण्डै ५ प्रतिशतले हुन पुगेको अनुमान गरिएको छ । धर्म नै नमान्नेको सङ्ख्या झण्डै १७ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०५० सम्म झण्डै ३२ वर्षपछाडि विभिन्न धर्म मान्नेको सङ्ख्या कति हुने भन्ने प्रक्षेपण गरिएको छ जसअनुसार इसाई धर्म मान्नेको सङ्ख्या २ अर्ब ९२ करोड, मुस्लिम धर्म मान्ने २ अर्ब ७६ करोड, हिन्दू धर्म मान्ने १ अर्ब ३८ करोड, धर्म नमान्ने १ अर्ब २३ करोड, बौद्ध धर्म ४९ करोड, परम्परागत धर्म मान्ने ४५ करोड, यहुदी बोन बहाई आदि ६ करोड पुग्ने अनुमान गरिएको छ । यो तथ्यांक हेर्दा विश्वमा धार्मिकरूपमा वृद्धि हुन नसकेको वा घट्दोरूपमा रहेको धर्म बौद्ध धर्म देखिएको छ । आखिरमा यो प्रवृत्ति किन देखिएको हो यसबारे गम्भीरतापूर्वक चासो लिने बेला आएको छ । यो प्रश्न आज किन उठाउन खोजिएको छ भने नेपालमा जन्मेर बौद्ध धर्मलाई विश्वभर अँगीकार गराउने प्रेरणाको द्योतक ‘बुद्ध’ लाई आकर्षण गर्न सकेका छैनौं ? किन लुम्बिनीलाई भेटीकन वा जेरुसलमजस्तै वा मक्का र मदिनाजस्तै वा काशी बनारस र हरिद्वारजस्तै स्थापित गर्न सकिरहेका छैनौं ? कतै बौद्ध धर्मावलम्बीहरूको सङ्ख्या घट्नुमा वा बढ्न नसक्नुमा यो प्रमुख कारण त होइन ? आजको समयमा कुरा गर्दा पनि बौद्ध धर्मावलम्बी तीर्थाटनका लागि जाने प्रमुख ठाउँ थाइल्यान्ड बनेको छ, जहाँ ३१ प्रतिशत मानिस पुग्दछन् भने जापानमा १० प्रतिशत, कम्बोडियामा ७ प्रतिशत, भारतमा ५ प्रतिशत, म्यानमार र श्रीलङ्कामा ३÷३ प्रतिशत, चीनमा १३ प्रतिशत, नेपालमा १३ प्रतिशत मानिसहरू पुग्ने गरेको तथ्यांकले देखाएको छ । यसबाट पनि के देखिन्छ भने बौद्ध धर्मावलम्बीहरूलाई नेपालमा ल्याउने आक्रामक रणनीति बनाउन सकिएको छैन । लुम्बिनी जस्तो पवित्रस्थललाई आकर्षक र पूजनीयस्थलको रूपमा उन्नति र विकास गरी प्रवद्र्धन गर्न चुकिरहेका छौं । यसको पछाडि लुम्बिनीको बृहत्तर विकासको लागि पनि राजनीतिक रंगहरू दिने गरिएको कारण हुन सक्दछ । लुम्बिनीको समग्र विकासको जिम्मा दिने व्यक्ति चयन गर्ने बेला योजनाविद्, इतिहासविद्, व्यवस्थापनविद्, रणनीतिकारभन्दा पनि दल विशेषका कार्यकर्तालाई नियुक्ति गर्ने परिपाटीले पो यसो हुन गएको हो कि ? अन्यथा झण्डै ४० वर्षअगाडि तयार भएको गुरुयोजनाअनुरूप काम नसक्नु, काम पूरा गर्न तदारुकता नदेखिनु र चन्दा, अनुदान वा सरकारले छुट्याएको पैसासमेत दुरुपयोग हुनु हाम्रा लागि लज्जास्पद विषय हो नै ।

  तर बौद्ध धर्मावलम्बीको लागि लुम्बिनीबाहेक भ्रमण गराउने, देखाउन सकिने दीक्षित गर्न सकिने अन्य थुप्रै ठाउँ, वस्तु हुँदाहुँदै पनि सोअनुसारको प्रवद्र्धन गर्न सकिरहेका छैनौं । ललितपुरमा भएका अत्यन्तै पुरातन, महŒवपूर्ण आकर्षक विहारहरू नेपालका मूल्यवान् सम्पदाहरू हुन् तर बौद्ध धर्मावलम्बीहरूलाई आकर्षित गर्न सकेका छैनौं । स्वयम्भू र बौद्धमा रहेका चैत्यहरूलाई क्रमशः प्रदूषित गर्नेतर्फ उन्मुख भएका छौं । काठमाडौंका भित्री भागमा रहेका चीवहाहरूलाई ओझेलमा पार्ने कामहरू हुन थालेका छन् । ललितपुरको अशोक चैत्यलाई आकर्षण केन्द्र बनाउन सकेका छैनौं । हिमाली क्षेत्र अनेक आकर्षक, राम्रा मूल्यवान् पुरातन गुम्बाहरूले भरिपूर्ण छन् र योजनाबद्धरूपमा काम गर्न सकिए बौद्धधर्म अध्ययन र अनुसन्धानको लागि महŒवपूर्ण केन्द्रको रूपमा नेपाललाई स्थापित गर्न सकिने कुरामा कुनै दुई मत छैन । एकपटक गम्भीर भएर सोचौं ।

नेपालमा विभिन्न धर्म मान्नेहरू बसोबास गरेका छन् । एउटा धर्म मान्नेले अरू धर्म मान्नेलाई समानता र सद्भावको सन्देश दिनु जरुरी हुन्छ । विगत केही वर्षदेखि अनेक कारणले गर्दा धर्म परिवर्तन, धर्मरूपान्तरण हुने प्रक्रिया बढिरहेको पाइने गरेको छ । पोखरा नेपालको महŒवपूर्ण शहर र धेरै पहिलेदेखि विदेशीहरू पोखरा आउन थालेको इतिहास हामीसँग छ । पोखरामा बसोबास सुरु गरेको वर्ष सन् १७५२ थियो । २६ कुरिया जग्गामा भक्तपुर ललितपुर काठमाडौंबाट नेवार जातका मानिस ल्याई बजार विकास गर्ने काम सुरुवात भएको थियो । सन् १८९९ मा बौद्ध धर्मका विद्वान् (कसैले भिक्षु पनि भन्ने गर्दछन्) जापानी नागरिक इकाइ कावागुचीले पोखरा भ्रमण गर्दै यसको महŒवबारे वर्णन गरेको आफ्नो पुस्तकमा उल्लेख गरेको पाइन्छ । सन् १९१६ तिर पोखरामा पहिलो चैत्य (ची वहा) को रूपमा मोहरिया टोलमा स्थापित गरेकोबाट बौद्ध धर्मावलम्बीहरू सक्रिय बन्न थालेको पाइन्छ । तर पोखराको पहिलो बौद्ध भिक्षुको रूपमा धर्मशीलालाई सम्झनुपर्दछ ।

‘भारतबाट दीक्षा लिएर अनागरिकाको रूपमा आफ्नो घर पोखरा फर्कनुभएको थियो । त्यस बेला बौद्ध धर्मका ज्ञाता कोही थिएनन् । धर्मशीला अनागरिका बस्ने स्थान नभएर आफ्नै बाबुआमाको घरपछाडि बनाइदिएको कटेरोमा बसेर दिन गुजारा गर्दै आफ्नै सम्पर्कका दिदीबहिनीलाई आकर्षित गर्दै चेली बनाउन सक्षम हुनुभयो’, (साभार, विश्व शाक्यको लेख २५४९ बुद्धजयन्ती धर्म नदी स्मृति माला) क्रमशः उपासिकाहरूको सङ्ख्या बढ्दै जानु, भिक्षुणीलाई पारिवारिक घरमा बसेर बौद्ध शिक्षा प्रदान गर्न अप्ठेरो परेको अवस्थामा तेर्सापटी निवासी धर्म नदी कायस्थको आग्रहमा जुद्धलाल कायस्थले सन् १९४० (वि.सं. १९९६) नदीपुरको आफ्नै २ रोपनी ४ आना जग्गामा बुद्ध विहार निर्माण गरी २ वर्षपछि सन् १९४२ (वि.सं. १९९८) मा धर्मशीला अनागरिकालाई धर्म नदी लगायतका परिवारका सदस्यहरूले दान, दिएको उल्लेख भएको पाउँछौं ।

यो नै पोखराको पहिलो बौद्ध विहार हो । आजका दिनसम्म पनि यो विहार आकर्षक त छँदै छ बौद्ध धर्मको प्रतिकको रूपमा सबैले ग्रहण पनि गरेका छन् । यो बौद्ध विहार पोखराको स्वतन्त्रता आन्दोलनको धरोहर पनि हो । पोखरामा राजनीतिक जागरणको केन्द्र पनि हो । यो विहार पोखरामा नारी शिक्षाको सूत्रपातको केन्द्र पनि हो । निर्माण भएको ७८/७९ वर्ष भइसक्दा पनि यसको चहक अझै छ त्यहाँ राखिएको बुद्धको सौम्यमूर्तिको झलक पाउँदा मनमा शान्ति, दयाभाव स्वतःस्फूर्त आउने गर्दछ । पोखराको पहिलो बौद्ध विहार स्थानीय व्यक्ति र कायस्थ परिवारले अत्यन्तै उदारतापूर्वक निर्माण गरेर संरक्षण र संवद्र्धन गरी राखेको विहारलाई एउटा आकर्षक केन्द्रको रूपमा विकास गर्ने बेला आएको छ । यो पुरातात्विक महत्वको विषय बनिसकेको सन्दर्भमा यसलाई मर्मतसम्भार गरी यहीरूपमा नै राख्नु पर्दछ । बौद्ध विहारको यो ऐतिहासिकतालाई भत्काएर, बिगारेर नयाँ स्वरूपमा निर्माण गर्ने कल्पनासम्म पनि गर्नु हुँदैन । यो बौद्ध विहारसँग पोखरेलीहरूको आत्मीयता जोडिएको छ । पोखरेलीहरूको आस्थाको केन्द्रको रूपमा रहेको छ । यो बौद्ध विहार हरेक धर्मावलम्बीका लागि चेतनाको केन्द्र प्रजातन्त्र र स्वतन्त्रताको केन्द्रको रूपमा रहेको हुनाले सबैको साझा मन्दिर हुन पुगेको छ । त्यसैले आकर्षक र एकपटक पुग्नुपर्ने ठाउँको रूपमा विकसित गरौं । अझ सकिन्छ भने बौद्ध धर्मसम्बन्धी अध्ययन केन्द्रको रूपमा विकसित गर्न लुम्बिनी विश्वविद्यालयको ध्यान आकृष्ट गराऔं ।

यो ऐतिहासिक र पुरातात्विक महत्वको बौद्ध विहारलाई संरक्षण र संवद्र्धन अनि प्रवद्र्धन गर्न हामी सबै लागौं तर आधुनिक भवन बनाउने बहानामा यसलाई बिगार्ने, नष्ट गर्ने भत्काउने काममा कोही पनि नलागौं। किनभने यो पोखराको अमूल्य निधिमध्ये एक हो । यो विहारसँग प्रत्येक पोखरेली जोडिएको छ। यो विहार पोखराको आत्माको रूपमा राखिनु पर्दछ ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...