coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

श्रीलंकाको पहिलो जित

ढाका– श्रीलंकाले आइतबार जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्दै क्रिकोणात्मक शृंखलामा पहिलो जित हात पारेको छ ।जिम्बाब्वेले प्रस्तुत गरेको १ सय ९९ रनको विजयलक्ष्य श्रीलंकाले ४४.२ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको थियो ।

श्रीलंकाका थिसरा परेराले अविजित ३९ र कप्तान दिनेश चण्डीमलले अविजित ३८ रन जोडे । २६ बल खेलेका परेराले १ चौका र ३ छक्का प्रहार गर्दा ७१ बलको सामना गरेका चण्डीमलले २ चौका प्रहार गरे । त्यस्तै ओपनर कुशल परेराले ४९ रन जोडे ।जिम्बाब्वेका ब्लेसिङ मुजाराबानीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जिम्बाब्वेले ४४ ओभरमा अलआउट हुँदै १ सय ९८ रनको योगफल खडा गरेको थियो  ।

जिम्बाब्वेका ब्रेन्डम टेलरले सर्वाधिक ५८ रन जोडे । ८० बलको सामना गरेका टेलरले ६ चौका प्रहार गरे ।
जिम्बाब्वेलाई कम योगफलमा समेट्ने क्रममा श्रीलंकाका थिसरा परेराले ४ तथा नुवान प्रदीपले ३ विकेट लिए ।यसअघि श्रीलंकाले आयोजक बंगलादेश र जिम्बाब्वेलाई नतिजा सुम्पिएको थियो ।

 

 

 

 

प्रकाशित: ८ माघ २०७४ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App