coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको चार नयाँ शाखा

काठमाडौं– सिद्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

यी शाखाबाट स्थानीय स्तरमा बैकिङ पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलता वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमै बैंकिङ पुहँच नपुगेका अन्य थप १० गाउँपालिका तथा नगरपालिकामा शाखा विस्तार गर्ने योजना बनाएको छ ।

बैंकले गट्ठाघर शाखालाई त्यहीँकै आधुनिक भवनमा सारेको जनाएको छ । बैंकले छिटो, सरल र सहज बैंकिङ सेवा ग्राहक समक्ष पुर्याउने उद्देश्यले उक्त शाखा स्थानान्तरण गरेको बैंकको भनाइ छ ।बैंकले देशभर तीन एक्सटेन्सन काउन्टर, ८६ शाखा, १०५ एटिएम, ९९ शाखारहित बैंकिङ सेवा र ६ सय ५० भन्दा बढी पिओएस मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।
 

प्रकाशित: ८ माघ २०७४ ०४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App