बढ्दैछन् शान्ति खोज्दै तपोवन पुग्नेहरू

सोमबार, ०८ माघ २०७४, १२ : ३८ नागरिक


माधव अधिकारी
सीतापाइलाका हरिशरण कार्की फुर्सद हुनासाथ नागार्जुन हिल्सस्थित ओशो तपोवन पुगिहाल्छन् । 
प्रिन्टर मर्मत गर्ने पेसा अपनाएका उनी व्यस्त दैनिकीबाट केही समय मिल्नेबित्तिकै तपोवन पुगेर ध्यानमा लिन हुन्छन् । ओशोभक्त स्वामी आनन्द अरूणबाट सन्यास दीक्षा लिएपछि उनले नयाँ नाम समेत पाएका छन्, स्वामी हरि चैतन्य । सन्न्यासले आफ्नो जीवन बदलिएको उनको अनुभव छ । ‘यो कुनै साधारण कम्युन होइन, हजारौँ साधकको ऊर्जाले यो बुद्धक्षेत्र बनेको छ,’ उनी भन्छन्। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ।

आबद्ध साजन दुलाल साथीसँग घुम्दै तपोवन पुगेका थिए । सुरुमा घुमघामका लागि गएका उनलाई तपोवनले जीवनकै सबैभन्दा आनन्द दिएको अनुभव भयो । ‘हामी वनभोजका लागि आएका थियौँ, तर तीर्थयात्रा पो भयो, जीवनमा यस्तो आनन्द कहिल्यै पाएको थिइनँ,’ उनले भने।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ किलोमिटर र बालाजु बसपार्कबाट ६ किलोमिटर दुरीमा पर्ने तपोवनमा कार्की मात्र होइन, धेरै कामकाजी फुर्सद हुनेबित्तिकै पुग्ने गर्छन् । बिदाका दिनमा त उपत्यकाका कामकाजीको हुल नै तपोवन पुग्ने गरेको छ।

कार्की र दुलाल जस्तै धेरै युवालाई तपोवनले तान्न थालेको छ । उपत्यका र उपत्यका बाहिरबाट समेत तपोवनमा ध्यान र घुमफिरका लागि मान्छेहरू आउने गरेका छन् । यहाँ विद्यार्थी, कर्मचारी, व्यापारी, गृहिणी, बालबालिकादेखि प्रसिद्ध राजनीतिज्ञ, लेखक, साहित्यकार, कलाकारसम्म फुर्सद मिलाएर आउने गर्छन्। 

करिब २८ वर्षअघि अर्थात् सन् १९९० ताका कुखुरा फार्म रहेको जग्गामा सुरु गरिएको तपोवन अहिले भने अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र बनिसकेको छ । यहाँ आवसीय ध्यानको व्यवस्था समेत भएकाले यसलाई ध्यानको ‘कम्युन’ समेत मानिन्छ। 
हाल विभिन्न मुलुकमा यसका शाखा खुलिसकेका छन् । यहाँ अचेल विदेशी साधकसमेत आउँछन् । आवासका लागि पुराना कोठाले मात्र ठाउँ अपुग भएपछि भर्खरै ३२ कोठाको नयाँ भवन बनाइएको छ।

गत साता तपोवन पुग्दा रजनीश ध्यान मन्दिर बाहिर बुद्धमूर्ति अघि स्वामी आनन्द अरूणकी जीवनसंगिनी योगिनी माँ ध्यान गर्दै गरेको अवस्थामा भेटिइन् । ‘भित्र आउने र बाहिर जाने श्वासमाथि साक्षी भावले ध्यान गरिरहेकी छु,’ उनले भनिन्, ‘यसै विधिलाई गौतम बुद्धले विपश्यनाको नाम दिनुभएको छ, विज्ञान भैरव तन्त्रमा शिवले पार्वतीलाई श्वासमाथि ध्यान गर्ने विधि बताउनुभएको छ।’ 

तपोवनमा यस्ता धेरै विधि सिकेर जीवन रूपान्तरण गर्न सकिने उनले जानकारी दिइन् । ‘साधना गरेर जीवन बदल्न चाहने सबैलाई कुनै पनि बेला हामी यहाँ स्वागत गर्छौ,’ उनी भन्छिन्। 

सुनसरीको इटहरीका स्वामी कृष्ण मोहन २० वर्षदेखि तपोवनमै बसेर स्वयंसेवा गरिरहेका छन् । विद्यार्थी जीवनमा पुस्तकमार्फत् ओशोसँग जोडिएका उनले हाल आश्रममा ध्यान हल सञ्चालकको जिम्मेवारी पाएका छन् । आश्रम–जीवन आनन्दायी भएको उनी बताउँछन्। 

‘विभिन्न प्रजातिका वनस्पति, सुन्दर फूलका बोटविरुवा रोपेर उद्यान बनाई तपोवनलाई अझै सुन्दर बनाउने योजना छ,’ उनी भन्छन्। 


करिब २८ वर्षअघि अर्थात् सन् १९९० ताका कुखुरा फार्म रहेको जग्गामा सुरु गरिएको तपोवन अहिले भने अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्र बनिसकेको छ । यहाँ आवसीय ध्यानको व्यवस्था समेत भएकाले यसलाई ध्यानको ‘कम्युन’ समेत मानिन्छ। 

पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक खेम डल्लाकोटी अर्थात् स्वामी प्रेमकृष्ण पहेँलो लुगामा तपोवनमा भेटिए । उनी स्वामी आनन्द अरूणको अनुपस्थितिमा ध्यान सत्र चलाउँदै थिए । ओशोबाट दीक्षा लिएका डल्लाकोटी स्थापनाकालदेखि नै तपोवनको कार्यसमिति सदस्य छन् । ‘यो कुनै धर्म, सम्प्रदाय होइन, जीवन ऊर्जा रूपान्तरणको विज्ञान हो,’ उनी भन्छन् । निकट भविष्यमा लुम्बिनीमा ध्यान शिविर सञ्चालन गर्न जान लागेको उनले सुनाए।

कमलपोखरीस्थित कृष्ण पाउरोटी उद्योगका सञ्चालकसमेत रहेका स्वामी आनन्द रमेश ओशो तपोवनका अध्यक्ष हुन्। सरकारले लामो अवधिको भिसा दिए वर्षको एक हजार पाँच सय जति विदेशीलाई कम्युनमा स्थायी बसोबासको मिलाउन सकिने उनी बताउँछन् । ‘ओशोले मुक्ति र दिव्यताको मोक्षलाई युगौँसम्म आफ्नो सूक्ष्म उपस्थितिले प्रेरणा दिइरहनुहुनेछ,’ उनी भन्छन्, ‘तपोवन यही प्रेरणाको एक जीवन्त प्रयोगस्थल हो।’

यहाँ आउने सन्यासीमा समर्पण भाव हुने गर्छ । उनीहरू सरसफाइ गर्छन्, कुचो लगाउँछन्, भाँडा माझ्छन् र व्यवस्थापन समेत गर्छन् । तपोवनभित्र पसेपछि हरेकले एक अर्कालाई प्रेम, श्रद्धा र सम्मान प्रकट गर्छन् । एक सन्यासीले अर्कालाई हात जोडेर प्रणाम गर्छन् । यहाँ न कुनै मर्यादाक्रम छ न त कसैमा अहंकार भाव । कुनै लिखित नियम वा दण्ड सजाय नभए पनि साधकहरू आत्मानुशासनमा रहन्छन् । तपोवन परिसरभित्र धुम्रपान, मद्यापान र मांसाहार निषेधित छ।

तपोवन प्रसिद्ध बौद्ध भिक्षु नागार्जुनले तपस्या गरेको स्थानमा स्थापना गरिएको छ । यो मुनाफारहित संस्था हो । आगन्तुक र साधकले तिर्ने प्रवेश शुल्कले यसको खर्च जेनतेन धानेको छ । यहाँ दैनिक ध्यान साधनाका अतिरिक्त ओशोले प्रतिपादन गरेका ध्यान विधिमा आधारित प्रयोगात्मक शिविरको नियमित आयोजना गरिन्छ। 

यहाँ आउने सन्यासी घरबार छाडेर त्रिशुल र कमन्डलु बोकेका, गाँजा खाने परम्परागत जोगी होइनन् । उनीहरू गृहस्थमा रहेर विभिन्न पेसा, व्यवसाय गदै ओशोको नवसन्यासमा दीक्षित हुन्छन् । रातो कपडा र ओशोको तस्बिर अंकित लकेट भएको माला लगाएका स्वदेशी र विदेशी सन्यासी तपोवनमा ध्यानमग्न भेटिन्छन् । उनीहरू कहिले नाच्छन्, गाउँछन्, हाँस्छन् अनि घण्टौँसम्म मौन हुन्छन्। 

तपोवनका हल सञ्चालक स्वामी कृष्ण मोहनका अनुसार तपोवनमा अफ सिजनमा दैनिक ५० जना र सिजनमा बिदाको दिन पाँच सयदेखि एक हजार जना आउँछन् । उनले नेपालमा एक लाखको हाराहारीमा ओशो साधक रहेको बताए । तपोवनसँग आध्यात्मिक रूपमा आवद्ध ८० ध्यान केन्द्र र कम्युन नेपालका विभिन्न स्थानमा खुलेका छन् । तपोवनमा पहिला रुसी नागरिक धेरै आउने गरेकामा अहिले भने चिनियाँको संख्या बढेको उनले बताए । 
तपोवनमा के–के छन् ? 
ओशो समाधि 

तपोवनमा स्वामी आनन्द अरूणले ओशो देहमुक्त भएपछि उनको अस्तु ल्याएर ओशो समाधिको स्थापना गरेका छन् । नागार्जुनले दुई हजार वर्षअघि बुद्धत्व प्राप्त गरेको स्थानमा समाधि बनाइएको छ । समाधिमा चौबिसै घण्टा जलधाराको व्यवस्था गरिएको छ। 

रजनीश ध्यान मन्दिर 
ओशो तपोवनमा रजनीश ध्यान मन्दिर रहेको छ । शिवलिंग आकारमा निर्मित ध्यान मन्दिरमा एक सय ५० जनाले सक्रिय ध्यान र पाँच सय जनाले प्रवचन सुन्न सक्छन्। 

शिवपुरी बाबा मन्दिर 
शिवपुरी जंगलमा लामो समय तपस्या गरेका शिवपुरी बाबाको स्मृतिमा निर्मित शिवपुरी बाबा मन्दिर पनि यहीँ रहेको छ । आफ्नो जीवनका अन्तिम ३७ वर्ष नेपालमा बिताएका बाबाको सुन्दर मूर्ति यसमा राखिएको छ।

ओशो वेलकम लन्ज
तपोवनको गेटभित्र पस्नासाथ आगन्तुकलाई स्वागत गर्न बनाइएको वेलकम लन्जमा ओशोका सबै हिन्दी र अंग्रेजी पुस्तक, अडियो भिडियो प्रवचन, सिडी, डिभिडीलगायत ध्यानका लागि आवश्यक सामग्री र गिफ्ट उपलब्ध छन्।

ओशो, आरोग्य मन्दिर तथा स्पा
स्पा, सौना, स्टिम बाथ, पञ्चकर्म, शिरोधारालगायत प्राकृतिक तथा आयुर्वेदिक चिकित्सा सम्बन्धी सुविधा यहाँ उपलब्ध छन् । शरीर शुद्धिका लागि यसको सेवा लिनेको संख्या बढ्दो छ।

सुजाता किचन
साधक र आगन्तुकका लागि नेपाली तथा भारतीय सात्विक शाकाहारी भोजन गराउने सुजाता किचन पनि यहीँ रहेको छ । ध्यान, सत्संग सत्रपछि यहाँ प्रसाद वितरण गरिन्छ । तपोवन प्रवेशद्वार छेउमा शाकाहारी रेस्टुरेन्ट तथा कफी सप पनि छ।

आवास व्यवस्था
नागार्जुन, रामकृष्ण, जिसस, लाओत्सु, जनक र रमण ब्लकमा ५० वटा अट्याच बाथरूम भएका कोठा तपोवनमा छन् । पारिपट्टि नवनिर्मित भवनमा ३२ वटा कोठा छन् । कम्युनभित्र दुई सय ५० जनाका लागि आवासीय व्यवस्था छ। साधकका लागि सामूहिक रूपमा बस्ने सुविधायुक्त डोरमेटरी, अट्याच्ड कोठा तथा वातानुकूलित कक्ष छन्। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

अब्बल अभिनेत्री दीपिका, निर्देशकले दिए पुरस्कार

दीपिका पादुकोणले पाँच सय रुपैयाँ पुरस्कार पाएकी छन्। उनीद्वारा अभिनित चलचित्र ‘पद्मावत’ ले राम्रो सफलता पाएको छ। उक्त सफलताबाट खुशी...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...